
-
काठमाडौं । कार्यालयको काम छाडेर बिदासमेत नलिई रिपोर्टस क्लवमा गएर भाषण गर्ने कर्मचारीवाट कार्वाही सुरु गर्न सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई सामाजिक सञ्जालमा सुझाव आउन थालेको छ । कर्मचारी प्रशासनमा सुधारको प्रयास थालेका मन्त्रीको कामलाई संगठनका नेताहरुले एउटा ब्यक्तिगत सस्थामा गएर तथानाम गाली गरेका थिए । आफ्नै मन्त्रीलाई जथाभावी वोल्ने कर्मचारीलाई नै कार्वाही गर्नु पर्ने फेसवुकमा आवाज उठ्न थालेको छ । फेसवुक प्रयोगकर्ता शिवप्रसाद नेपालले कार्यालयको काम छाडेर बिदासमेत नवसी ऋषि धमला संग गफ जोतेर वस्नेहरुले राज्यलाई सहयोग गरेको पो कहाँ छ र ? भनेर कडा टिप्पणी गर्नुभएको छ । कर्मचारी नियमावलीमा पनि कार्यालय समयमा काममा नभेटिए कार्वाही गर्नसक्ने नियम । त्यसोत केही फेसवुककर्ताले निजामति कर्मचारीमा संगठन नै धेरै भएका कारण तिनीहरुलाई वन्द गर्नुपर्ने टिप्पणी गरेका छन् । कर्मचारीहरुले मन्त्री लालबाबुलाई असहयोग गर्ने भन्दै आएकोप्रति फेसवुक प्रयोगकर्ता जयराम सापकोटाले पुच्छरले कुकुरलाई पछार्न खोज्दै छ कि भन्ने टिप्पणी गरेका छन् ।
News Desk 0 response आइतवार, चैत्र ११, २०७४
केही दिन अघि संगठनका नेताको नाममा रिपोर्टस् क्लवमा पुगेका कर्मचारीहरुले मन्त्री लालबाबुको सुधारका काममा पूर्ण असहयोग गर्ने चेतावनी दिएका थिए । आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल,नेपाल निजामति कर्मचारी संगठनका नेता लेखनाथ कोईराला,निजामति कर्मचारी युनियनका नेता गोपाल पोखरेल,राष्ट्रिय कर्मचारी संगठनका नेता हरि रावल र मधेशी कर्मचारी संगठनका नेता निक भुवनेश्वर चौधरीले मन्त्रीका बिरुद्ध कडा अभिब्यक्ति दिएको समाचार सार्वजनिक भएको थियो । यी सवै सरकारी कर्मचारी हुन् र उनीहरुलाई बिभिन्न कार्यालयमा जिम्मेवारी दिईएको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९-
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान..
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
बाजुराको बूढीगङ्गामा फेरि मतदान हुने
बिहिबार, जेष्ठ १२, २०७९
-
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
बाजुराको बूढीगङ्गामा फेरि मतदान हुने
बिहिबार, जेष्ठ १२, २०७९ -
मन्त्री आले र ईयू राजदूतबीच भेट, नेपाली..
बिहिबार, जेष्ठ १२, २०७९
-
गोकर्णेश्वरको नगर प्रमुख कांग्रेस र उपप्रमुखमा एमालेको..
बुधबार, जेष्ठ ४, २०७९ -
माध्यामिक तहको शिक्षकको खुला प्रतिस्पर्धामा ८८ प्रतिशत..
सोमवार, जेष्ठ ९, २०७९ -
दुई दिन बिदा हुँदा पढाईमा समय नपुग्ने
आइतवार, जेष्ठ ८, २०७९ -
प्रतिनिधिसभा नियम निलम्बन प्रस्ताव स्वीकृत
मङ्लबार, जेष्ठ ३, २०७९ -
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन
शुक्रबार, जेष्ठ ६, २०७९