•  

    काठमाडौं । नेपाली सेनाको परिक्षामा नै नक्कली परिक्षार्थीले जाँच दिने गरेको रहस्य खुलेको छ । नेपाली सेनाले लिएको सैन्यतर्फको लिखित परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको भेटिएपछि यसको रहस्य खुलेको हो । यस अघि नेपाली सेनाको भर्ना प्रकृया पारदर्शी नहुने आवाज उठ्ने गरेको थियो । प्रहरीका अनुसार परीक्षा केन्द्रबाट ११ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको छ । अर्काको नाममा परिक्षा दिईरहेका सीआईटी कलेज, कोटेश्वरबाट १० जना नक्कली परीक्षार्थी र रत्नराज्य कलेजबाट एकजना फर्जी परीक्षार्थी समातिएका छन् ।

    आफ्नो परीक्षा दिन अरुलाई पठाउने अर्का एकजना पनि पक्राउ गरेर प्रहरी वृत्त बानेश्वरमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    यसअघि सुरक्षा निकायमा परीक्षामा यसरी नक्कली परीक्षार्थी पक्राउ परेका थिएनन् । तर, कमजोरका नाममा आर्थिक लेनदेनका आधारमा अर्कैले परिक्षा दिनृे गरेको चर्चा भने चलेको थियो । । शैक्षिक परीक्षाहरुमा अहिले नक्कली परीक्षार्थीको बिगबिगी हुने गरेको छ ।

    कमजोर परीक्षार्थीले आर्थिक मिलेमतो गरेर नक्कली परीक्षार्थी पठाउने गरेका छन् ।

    कतिपय भने आफन्त तथा साथीसंगी पनि यस्तो काममा संलग्न हुने गरेका छन् । बिश्वबिद्यालयको परिक्षामा धेरै प्रयोग हुने यस्तो सुत्र अव लोकसेवा आयोग र अन्य परिक्षामा पनि हुन थालेको भन्दै आधुनिक प्रणाली अंगिकार गर्नुपर्ने आवाज उठिरहेको छ ।