

-
काठमाडौं । नेपाली सेनाको परिक्षामा नै नक्कली परिक्षार्थीले जाँच दिने गरेको रहस्य खुलेको छ । नेपाली सेनाले लिएको सैन्यतर्फको लिखित परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको भेटिएपछि यसको रहस्य खुलेको हो । यस अघि नेपाली सेनाको भर्ना प्रकृया पारदर्शी नहुने आवाज उठ्ने गरेको थियो । प्रहरीका अनुसार परीक्षा केन्द्रबाट ११ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको छ । अर्काको नाममा परिक्षा दिईरहेका सीआईटी कलेज, कोटेश्वरबाट १० जना नक्कली परीक्षार्थी र रत्नराज्य कलेजबाट एकजना फर्जी परीक्षार्थी समातिएका छन् ।
आफ्नो परीक्षा दिन अरुलाई पठाउने अर्का एकजना पनि पक्राउ गरेर प्रहरी वृत्त बानेश्वरमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
यसअघि सुरक्षा निकायमा परीक्षामा यसरी नक्कली परीक्षार्थी पक्राउ परेका थिएनन् । तर, कमजोरका नाममा आर्थिक लेनदेनका आधारमा अर्कैले परिक्षा दिनृे गरेको चर्चा भने चलेको थियो । । शैक्षिक परीक्षाहरुमा अहिले नक्कली परीक्षार्थीको बिगबिगी हुने गरेको छ ।
कमजोर परीक्षार्थीले आर्थिक मिलेमतो गरेर नक्कली परीक्षार्थी पठाउने गरेका छन् ।
कतिपय भने आफन्त तथा साथीसंगी पनि यस्तो काममा संलग्न हुने गरेका छन् । बिश्वबिद्यालयको परिक्षामा धेरै प्रयोग हुने यस्तो सुत्र अव लोकसेवा आयोग र अन्य परिक्षामा पनि हुन थालेको भन्दै आधुनिक प्रणाली अंगिकार गर्नुपर्ने आवाज उठिरहेको छ ।
News Desk 0 response शनिबार, चैत्र १०, २०७४

सम्बन्धित शीर्षकहरु
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



