

-
काठमाडौं । उच्च प्रहरी अधिकृतलाई नै घरेलु काममा खटाइएको आशंका गृह मन्त्रालयले गरेको छ । प्रहरी हेडक्वार्टरले ६ हजार प्रहरीको रेकर्ड लुकाएपछि यस्तो आशंका गरिएको नयाँ पत्रिका दैनिकमा खबर छ ।
नेपाल प्रहरीमा ७२ हजार ७ सय ३३ प्रहरी कर्मचारीको दरबन्दी स्वीकृत छ । तर प्रहरीले गृह मन्त्रालयलाई ६७ हजार कर्मचारीको मात्रै रेकर्ड बुझाएको छ ।
नयाँ पत्रिका दैनिकका अनुसार सरकारी तलब खाने ५ हजार ७ सय ३३ प्रहरी कहाँ कार्यरत छन् गृहलाई पनि थाहा छैन ।
स्वीकृत दरबन्दी र नेपाल प्रहरीले बुझाएको रेकर्डमा ठूलो अन्तर परेपछि गृहले ती प्रहरी कर्मचारीको खोजी प्रक्रिया सुरु गरेको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले नेपाल प्रहरीमा पाँच हजारभन्दा धेरै प्रहरी कर्मचारीको भौतिक रेकर्ड नरहेको बताए ।
समाचार अनुसार गृहले भौतिक रकर्डमा नदेखिने तर सेवा–सुविधा लिने प्रहरी कर्मचारीको सम्पूर्ण विवरण सात दिनभित्र पेस गर्न भन्दै मंगलबार नै नेपाल प्रहरीलाई पत्र काटेको छ ।
गृहका अनुसार तलब सुविधा बुझ्ने तर भौतिक उपस्थित नदेखिने प्रहरी कर्मचारीमध्ये अधिकांश सिपाही र हवल्दार दर्जाका छन् । तर प्रहरी सहायक निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी निरीक्षक पनि यो सूचीमा छन् ।
News Desk 0 response शनिबार, चैत्र १०, २०७४

सम्बन्धित शीर्षकहरु
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सबै आरोपी..
मङ्लबार, असार २३, २०८३ -
सबैभन्दा छाेटाे माैद्रिक नीति सार्वजनिक (पूर्णपाठ)
मङ्लबार, असार २३, २०८३ -
फ्रान्सेली राष्ट्रपतिको सिरिया भ्रमणका क्रममा शक्तिशाली विस्फोट
मङ्लबार, असार २३, २०८३ -
संसदीय मर्यादामा सभामुखको कडाइ : सांस्कृतिक पोसाक..
मङ्लबार, असार २३, २०८३ -
टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतले पाए सफाइ
सोमवार, असार २२, २०८३
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सबै आरोपी..
मङ्लबार, असार २३, २०८३ -
सबैभन्दा छाेटाे माैद्रिक नीति सार्वजनिक (पूर्णपाठ)
मङ्लबार, असार २३, २०८३ -
फ्रान्सेली राष्ट्रपतिको सिरिया भ्रमणका क्रममा शक्तिशाली विस्फोट
मङ्लबार, असार २३, २०८३ -
संसदीय मर्यादामा सभामुखको कडाइ : सांस्कृतिक पोसाक..
मङ्लबार, असार २३, २०८३ -
टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतले पाए सफाइ
सोमवार, असार २२, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३



