• काठमाडौं ।

    बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको सचिवालयमा रहने सदस्य संख्या ४७ बाट २८ मा झार्ने निर्णय गरेको छ । डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला २३ वाट बढाएर ४६ सदस्यीय सचिवालय पुर्‍याइएको थियो ।

    प्रधानमन्त्रीको सचिवालयमा उपसचिव, शाखा अधिकृतदेखि सामान्य पदसम्म कार्यकर्ता भर्ती गर्ने गरिन्थ्‍यो ।

    मन्त्रिपरिषद बैठकले राजनीतिक समिति, प्रशासन समिति, सामाजिक समिति, आर्थिक तथा पूर्वाधार समिति, विधेयक समिति गठन गरेको कानूनमन्त्री शेरवहादुर तमांगले जानकारी दिए ।