अन्तर्राष्ट्रिय

अफगानिस्तानमा असी लडाकू मारिए

काबुल । अफगानिस्तानमा भएका विभिन्न सुरक्षा कारबाहीमा परी ८० लडाकू मारिएका छन् । देशको पश्चिमी, पूर्वी र दक्षिणी क्षेत्रमा गत २४ घण्टामा भएका कारबाहीमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको पूर्वी...

खानीमा विस्फोट चौधको मृत्यु

बेइजिङ । चीनको दक्षिणपश्चिमी भागमा रहेको कुइचोउ प्रान्तअन्तर्गत पर्ने अन्लोङको कुअङलोङ क्षेत्रमा रहेको एउटा कोइला खानीमा मङ्गलबार भएको विस्फोटनमा परी १४ जनाको मृत्यु भएको छ । खानीमा रहेको ग्यास विस्फोटनपछि उक्त घटना भएको जनाइएको...

पाकिस्तानी पूर्व राष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको फैसला

इस्लामावाद । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई मृत्यु दण्डको सजाय सुनाइएको छ । पाकिस्तानको इतिहासमै पहिलोपटक तीन सदस्यीय न्यायाधीशको इजलासले पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको हो । उहाँलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा...

अमेरिकी विशेषदूतद्धारा उत्तर कोरियासँग वार्ता प्रस्ताव

सोल । उत्तर कोरियाका लागि अमेरिकी विशेष आणविक दूत स्टेफान बेइगनले उत्तर कोरियासँग वार्ताको प्रस्ताव गर्नुभएको छ । उहाँले सोमबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा सो जानकारी दिनुभएको प्राप्त समाचारमा जनाइएको छ...

फिलिपिन्समा भूकम्प सातको मृत्यु

मिन्दानाओ, फिलिपिन्स । फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्दानाओको पहाडी इलाकामा आइतबार ६.८ म्याग्नीच्युडको भूकम्प आएको छ । यसमा भूकम्पमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । माग्सायसायदेखि तीन माईल दक्षिणपूर्व क्षेत्रमा भूकम्पको केन्द्रविन्दु रहेको...

चीनद्वारा अमेरिकी वस्तुमा लगाउने भनिएको थप करवृद्धि योजना स्थगित

बेइजिङ । चीनले आइतबारदेखि लागू हुनेगरी यसअघि प्रस्ताव गरेको अमेरिकी वस्तुमा लगाइने करवृद्धि योजना स्थगित गरेको जनाएको छ । चीन र अमेरिकाबीच जारी व्यापार युद्धमा महत्वपूर्ण प्रगति भएको घोषणा गरेसँगै चीनले यस्तो कदम चालेको...