
-
पालेम्बाङ, इन्डोनेसिया । बस दुर्घटनामा परी इन्डोनेसियामा कम्तीमा २५ जनाको मृत्यु हुनुको साथै अन्य १४ जना घाइते भएका छन् । गुडिरहेको यात्रुबाहक बस बाटोभन्दा तल नदीमा खसेर दुर्घटना भएको उद्धारकर्ताहरुले मङ्गलबार जानकारी दिएका छन् ।
दुर्घटनामा परेको बसमा दर्जनौँ यात्रु सवार रहेका थिए । दुर्घटनाको क्रममा सो बस १ सय ५० मिटर तल खसेको थियो । देशको दक्षिण भागमा पर्ने सुमात्रा प्रान्तमा सोमबार राती दुर्घटना भएको प्रहरीले जनाएको छ ।यस दुर्घटनामा परी मृत्यु हुनेहरुको संख्या २४ पुगेको प्रहरीले पुष्टि गरेको छ । तर स्थानीयले भने २५ जनाको शव भेटिएको जानकारी दिएका छन् ।
उद्धारकर्ताहरुले घटनास्थलबाट घाइते तथा मृतकहरुलाई पानीभन्दा बाहिर निकालेको तस्वीरहरु सार्वजनिक भएका छन् ।प्रहरी तथा उद्धारकर्ताहरुले खोजी तथा उद्धार कार्य अझै जारी राखेका छन् भने केही व्यक्ति हराईरहेको बताइएको छ । त्यसैगरी केही व्यक्तिहरु बसमै च्यापिएको उद्धारकर्ताहरुको भनाई छ ।
घटनास्थलबाट जिवितै उद्धार गरिएका घाइतेहरुलाई उपचारको लागि नजिकैको अस्पतालमा भर्ना गरिएको अधिकारीहरुले जनाएका छन् । दुर्घटना भएको अवस्थामा यस बसमा झण्डै ५० यात्रु रहेका अनुमान गरिएको छ । दुर्घटना भएको ठाउँ देशको दुर्गम क्षेत्र मानिन्छ ।
इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभाको सुकाबुमी क्षेत्रमा पनि यसअघि गत सेप्टेम्बरमा पनि दुर्घटना भएको र कम्तीका २१ जनाको मृत्यु भएको थियो । रासस/एएफपी
News Desk 0 response मङ्लबार, पुस ८, २०७६


सम्बन्धित शीर्षकहरु

अमेरिकाको एक विद्यालयमा भएको गोली प्रहारमा ज्यान गुमाउनेको सङ्ख्या २६ जना पुग्यो
बुधबार, जेष्ठ ११, २०७९-
बाजुराको बूढीगङ्गाबाहेक सबै पालिकाको नतिजा सार्वजनिक (नतिजा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान..
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९
-
बाजुराको बूढीगङ्गाबाहेक सबै पालिकाको नतिजा सार्वजनिक (नतिजा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
बाजुराको बूढीगङ्गामा फेरि मतदान हुने
बिहिबार, जेष्ठ १२, २०७९
-
गोकर्णेश्वरको नगर प्रमुख कांग्रेस र उपप्रमुखमा एमालेको..
बुधबार, जेष्ठ ४, २०७९ -
माध्यामिक तहको शिक्षकको खुला प्रतिस्पर्धामा ८८ प्रतिशत..
सोमवार, जेष्ठ ९, २०७९ -
दुई दिन बिदा हुँदा पढाईमा समय नपुग्ने
आइतवार, जेष्ठ ८, २०७९ -
प्रतिनिधिसभा नियम निलम्बन प्रस्ताव स्वीकृत
मङ्लबार, जेष्ठ ३, २०७९ -
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन
शुक्रबार, जेष्ठ ६, २०७९