

-
बेइजिङ । चीन र संयुक्तराज्य अमेरिकाबीचको व्यापारमा कमी आएको बताइएको छ । यी दुई देशबीचको व्यापारमा यस वर्षको नोभेम्बर महिनामा कमी आएको बताइएको हो । यी दुई देशबीच विगतका केही समयदेखि व्यापार युद्ध नै जारी रहेको बताएको थियो । यसैकारण चीन र अमेरिकाबीच गत महिनाको व्यापारमा मन्दी आएको हो ।
विश्लेषकहरुले अघिल्लो वर्षको तुलनामा नोभेम्बरमा चीनबाट संयुक्तराज्य अमेरिकातर्फको व्यापारमा कमी आएको बताएका हुन् । उनीहरुका अनुसार यो व्यापारमा २३ प्रतिशतले कमी आई ३५ अर्ब ६० करोड अमेरिकी डलरमा सीमित भएको बताइएको छ ।
अमेरिकाबाट चीनतर्फ हुने आयातमा पनि २.८ प्रतिशतले कमी आएको उनीहरुको भनाई छ । अमेरिकाबाट चीनतर्फ करिब ११ अर्ब डलर बराबरको बस्तु आयात भएको देखिएको उनीहरुको भनाई छ ।
तर पनि अर्काे एक समाचारमा जनाएअनुसार चीनबाट फ्रान्सतर्फ भएको निकासीमा भने सुधार भएको देखिएको छ । संयुक्तराज्य अमेरिका र चीनबीच व्यापार वार्ताहरु भए पनि नोभेम्बरमा ठोस सहमति हुन नसक्दा यस्तो अवस्था आएको पाइएको हो ।
अमेरिकाले चीनले आफ्नो प्रविधि जबर्जस्ती लगेको आरोप लगाएको छ । वर्तमान ट्रम्प प्रशासनले चीनमाथि व्यापार युद्ध नै शुरु गरेको थियो । उनीहरुका कारण विश्वव्यापी रुपमा नै आर्थिक मन्दीको सम्भावना बढेको बताइएको छ । दुवै देशले एकअर्काका सामानमा २५ प्रतिशतसम्म करवृद्धि गरेपछि यस्तो अवस्था आएको हो । रासस/एएफपी
News Desk 0 response बिहिबार, पुस १०, २०७६


सम्बन्धित शीर्षकहरु
-
विकासका लागि वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्नुपर्छ :..
शुक्रबार, अशोज ५, २०८० -
१५ लाखभन्दा बढीको नक्कली नोटसहित दुई जना..
शुक्रबार, अशोज ५, २०८० -
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन..
शुक्रबार, अशोज ५, २०८० -
प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका १७ जनालाई छाडियो
शुक्रबार, अशोज ५, २०८० -
‘एचपीभी खोप’ लगाउने समयावधि असोज १० गतेसम्म..
शुक्रबार, अशोज ५, २०८०
-
विकासका लागि वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्नुपर्छ :..
शुक्रबार, अशोज ५, २०८० -
१५ लाखभन्दा बढीको नक्कली नोटसहित दुई जना..
शुक्रबार, अशोज ५, २०८० -
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन..
शुक्रबार, अशोज ५, २०८० -
प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका १७ जनालाई छाडियो
शुक्रबार, अशोज ५, २०८० -
‘एचपीभी खोप’ लगाउने समयावधि असोज १० गतेसम्म..
शुक्रबार, अशोज ५, २०८०
-
सत्तामा बसेर साडे डुक्राइ गर्नेलाई पूर्वसचिवको १०..
बुधबार, भदौ २७, २०८० -
यी हुन् अर्थमन्त्रालयका सरुवामा परेका ५५ अधिकृत,अधिकांश..
बुधबार, भदौ २७, २०८० -
उपत्यकाकै सरकारी स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
बिहिबार, भदौ २८, २०८० -
राजकीय सम्मानका साथ दुई छोराले दिए नेम्वाङलाई..
बिहिबार, भदौ २८, २०८० -
तीनकुने सामूहिक हत्या प्रकरण : दीपेन्द्र राई..
आइतवार, भदौ ३१, २०८०