अन्तर्राष्ट्रिय

श्रीलङ्काको अर्थतन्त्र साढे ५ प्रतिशतले बढ्ने अनुमान

श्रीलङ्काको अर्थतन्त्र सन् २०२४ को तेस्रो त्रैमासिकमा पाँच दशमलव पाँच प्रतिशतले वृद्धि हुने केन्द्रीय बैङ्कले प्रक्षेपण गरेको छ । श्रीलङ्काको राष्ट्र बैङ्कका अनुसार कृषि गतिविधि तीन प्रतिशत, उद्योग १० दशमलव आठ प्रतिशत र सेवा...

भारतको राजस्थानमा ग्यास ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ११ जनाको मृत्यु

भारतको राजस्थानमा ग्यास बोकेको ट्याङ्करमा आगलागी र त्यसपछि विस्फोट हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । राजस्थान राज्यको जयपुर–अजमेर राजमागमा ग्यास ट्याङ्कर विस्फोट हुँदा अन्य ३० जना घाइते भएका बीबीसी हिन्दीले जनाएको छ...

दक्षिण अमेरिकी देश इक्वेडरमा १४ घण्टे लोडसेडिङसँगै जनता सडकमा

काठमाडौं : जलविद्युतलाई मुख्य उर्जा स्रोत बनाइरहेको इक्वेडर यतिबेला अन्धकारसँग जुधिरहेको छ । झण्डै २ करोड जनसंख्या भएको दक्षिण अमेरिकी देश इक्वेडर दैनिक १४ घण्टे लोडसेडिङ व्यहोरिरहेको हो । २३ सप्टेम्बरपछि सरकारले घोषणा गरेको...

बङ्गलादेश र पाकिस्तानका नेताहरु सम्बन्ध बलियो बनाउन सहमत हुँदा भारत चिन्तित

काठमाडौं : बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुसले पाकिस्तानसँग सम्बन्ध बलियो बनाउन दुवै देश सहमत भएको बताएका छन् । यो कदमले भारतसँगको बङ्गलादेशको चिसो सम्बन्धलाई थप परीक्षण गर्ने सम्भावना बढेको बीबीसीले लेखेको छ । पाकिस्तान...

नाइजेरियामा बाल महोत्सवमा भागदौड मच्चिँदा कम्तीमा ३० जनाको मृत्यु

नाइजेरियामा बाल महोत्सवमा भागदौड मच्चिँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । भागदौड मच्चिँदा अन्य एक सय जनाभन्दा धेरै घाइते भएका छन् । ओयो राज्यको राजधानी इबादानमा आयोजित बाल महोत्सवमा भागदौड मच्चिँदा ३० जनाको...

भारतको मुम्बईमा डुङ्गा दुर्घटना हुँदा १३ जनाको मृत्यु

भारतको मुम्बईमा रहेको गेटवे अफ इण्डियाबाट एलिफेन्टा द्वीप जाँदै गरेको डुङ्गा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । यात्रु बोकेको डुङ्गालाई भारतीय नौसेनाको एक द्रुत गतिको डुङ्गाले ठक्कर दिएपछि दुर्घटना भएको हो ।...