समाचार

नेप्से परिसूचकमा झिनो गिरावट

काठमाडौँ, २२ चैतः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ७३ अङ्कले ओरालो लागेर दुई हजार चार दशमलव शून्य...

पानीको दिगो व्यवस्थापनका लागि सुकेका मुहान पुनःजीवित गरौँः सासंद कार्की

काठमाडौँ, २२ चैतः प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा तोसिमा कार्कीले खानेपानीको दिगो व्यवस्थापनका लागि परम्परागत पानीको मुहानलाई पुनःजीवित गर्न आवश्यक रहेको बताएकी छिन् । आज सिंहदरबारमा आयोजित ‘मेलम्ची खानेपानी आयोजनाको दिगो...

ढोरपाटनमा नाउर र झारलको धमाधम सिकार

गलकोट (बागलुङ), २२ चैतः नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा अहिले विदेशी सिकारी सिकार खेल्न व्यस्त छन् । दोस्रो सिकार याममा ढोरपाटन आरक्ष क्षेत्रमा धमाधम सिकार भइरहेको छ । यस याममा ११ नाउर, सात झारल...

गण्डकीमा सरकार बनाउन दलहरुको कसरत सुरु

गण्डकी, २२ चैत : मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार पदबाट राजीनामा दिएपछि गण्डकी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ उपधारा (२) बमोजिम यही चैत २७...

खाँदबारी–किमाथाङ्का सडकको साढे छ किलोमिटर ट्रयाक खुल्यो

किमाथाङ्का (सङ्खुवासभा), २२ चैत : राष्ट्रिय गौरवको किमाथाङ्का–खाँदबारी सडकको साढे छ किलोमिटर मार्ग (ट्रयाक) खोलिएको छ । भौगोलिक हिसाबले विकट मानिएको किमाथाङ्का–खाँदबारी सडकको ट्रयाक नेपाली सेनाले खोल्ने काम सम्पन्न गरेको छ । उत्तरी क्षेत्रमा...

नेपालको वायुको गुणस्तरमा सुधार हुँदै

काठमाडौँ । विगतका वर्षमा हिउँदे याममा काठमाडौँलगायत मुलुकका प्रमुख सहरमा वायु प्रदूषण बढेको देखिन्थ्यो । विसं २०७७ पुस २० गते काठमाडौँलगायत सहरको वायु प्रदूषणको स्तर अत्यधिक बढेपछि वातावरण विभागले घर बाहिर निस्कँदा नागरिकलाई सजगता...