समाचार

मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना

काठमाडौं : मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटनामा परेको छ । महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा दुर्घटना हुँदा १० जना घाइते...

अन्तरिक्षमा फसेका दुई जना यात्री आउँदो फेब्रुअरीमा मात्रै पृथ्वीमा फर्किने

दुई महिनाभन्दा लामो समयदेखि अन्तरिक्षमा फसेका नासाका दुई जना अन्तरिक्ष यात्री आउँदो वर्षको फेब्रुअरीमा मात्रै पृथ्वीमा फर्किने भएका छन् । नासा र विश्वकै धनि व्यक्ति एलन मस्कको कम्पनी स्पेशएक्सले गएराति पत्रकार सम्मेलन गरेर अन्तरिक्ष...

२० वर्ष मुनिको साफ च्याम्पियनसिपको फाइनलमा पुग्न आज नेपाल र भुटान खेल्दै

काठमाडौं : २० वर्ष मुनिको साफ च्याम्पियनसिपअन्तर्गत पहिलो सेमिफाइनलमा आज नेपाल र भुटान खेल्दैछन् । खेल दिउँसो ३ बजेदेखि एन्फा कम्प्लेस सातदोबाटोमा शुरु हुने छ । नेपाल समूह ‘ए’ को विजेता र भुटान समूह...

सुनकोशी नदीमा गाडी खस्दा तीन जना बेपत्ता : गोताखोरसहित खोजी कार्य जारी

सिन्धुली : मध्यपहाडी लोकमार्गमा गुडिरहेको गाडी सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । हिजो बेलुका खोटाङबाट भक्तपुरका लागि छुटेको नम्बर खुल्न नसकेको गाडी सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुडुलेमा अनियन्त्रित भएर नदीमा खसेको प्रहरीले...

काठमाडौं नागढुङ्गा सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं : काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नम्बर २ नागढुङ्गामा गएको बुधवार खसेको पहिरो पूर्ण रूपमा हटाएर हिजो बेलुकादेखि सडक दुईतर्फी खुलाइएको छ । प्रहरी वृत्त थानकोटकाअनुसार बुधवार बिहान खसेको पहिरो हटाएर त्यही बेलुकादेखि एकतर्फी...

सुदूरपश्चिममा गौरा पर्व शुरू

काठमाडौं : सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा शुरू भएको छ । भदौ शुक्ल पक्ष पञ्चमीदेखि शुरू हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी समेत...