• काठमाडौं : काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नम्बर २ नागढुङ्गामा गएको बुधवार खसेको पहिरो पूर्ण रूपमा हटाएर हिजो बेलुकादेखि सडक दुईतर्फी खुलाइएको छ ।

    प्रहरी वृत्त थानकोटकाअनुसार बुधवार बिहान खसेको पहिरो हटाएर त्यही बेलुकादेखि एकतर्फी सञ्चालनमा रहेकोमा हिजोदेखि पूर्ण रुपमा सञ्चालनमा आएको हो ।

    गाडीको चाप घटेपछि बाँकी रहेको पहिरो पन्छाएपछि सडक दुईतर्फी खुलेको हो ।