समाचार

लगानी कोषको सञ्चालक समिति समावेशी बनाउने सहमति

काठमाडौँ । प्रतिनिधिसभा, अर्थ समितिले नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको दफावार छलफलमा भएका सहमतिसम्बन्धी विषयवस्तु समेटेर अन्तिम प्रतिवेदन तयार गर्न सचिवालयलाई निर्देशन दिएको छ । विधेयकमाथिको दफावार छलफल...

ल्यान्डफिल्ड साइट आसपासका १० स्थान अति प्रभावित

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ल्यान्डफिल्ड साइटको वातारणीय प्रभाव मूल्याङ्कनका बारेमा गरेको अध्ययन प्रतिवेदन काठमाडौँ महानगरपालिकालाई बुझाएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई मङ्गलबार नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत डा...

नेकपा केन्द्रीय कमिटी बैठक शुरु

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय कमिटी बैठक काठमाडौँको राष्ट्रिय सभागृहमा शुरु भएको छ । पार्टी एकता भएको डेढ वर्षपछि भएको केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली...

विकासको नाममा प्रकृति दोहन गर्नुहुँदैन : पूर्वराष्ट्रपति यादव

दमौली । पूर्वराष्ट्रपति डा रामवरण यादवले विकासको नाममा गरिने प्रकृति दोहनलाई रोक्नुपर्ने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित ढोरबाराही मन्दिरमा आज पूजाअर्चनापछि पत्रकारसँग कुराकानी गर्दै उहाँले विकासका नाममा जथाभावी प्रकृति दोहन गर्ने काम...

मन्त्रालयमै यसरी हराउँछ फाईल

प्रधानमन्त्रीले सोधिरहनुभएको छ, मन्त्री र सचिवहरु पनि खोज्दैछन्, तर कागजात मन्त्रालयभित्रै गायव छ । प्रमकै सक्रियतामा स्थापना गर्न खोजिएको घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सामान्य प्रशासनलाई पठाएको...

‘संसदीय मूल्य–मान्यतामा सभा सञ्चालन हुने विश्वास लिएका छौँ’

काठमाडौँ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताले निर्विरोध निर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले संसदीय मूल्य र मान्यताअनुरुप सभा सञ्चालन गर्नुहुने विश्वास व्यक्त गर्नुभएको छ । समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संसद्...