समाचार

असोज १ गते शोक दिवस मनाउने सरकारको निर्णय

काठमाडौं : सरकारले आउँदो असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा शोक दिवस मनाउने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी...

जेनजी जागरण स्मारक पार्क बनाउने सरकारको निर्णय

काठमाडौं : जेनजी आन्दोलनका क्रममा मारिएका शहीदहरूको सम्झनामा सरकारले जेनजी जागरण स्मारक पार्क बनाउने भएको छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रिपरिषद्को बैठकले जेनजी जागरण स्मारक पार्क बनाउने सैद्धान्तिक निर्णय गरेको हो ।...

रुपन्देही– ३ को उपनिर्वाचन स्थगित

काठमाडौं : निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेका लागि तोकिएको रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको कार्यक्रम रोकेको छ । आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले सोमबार विज्ञप्ति निकाली राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी आगामी...

ऊर्जामन्त्री घिसिङले तलब भत्ता नलिने

काठमाडौं : नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले तलब भत्ता नलिने घोषणा गरेका छन् । आज सिंहदरबारमा रहेको मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै मन्त्री घिसिङले...

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

भदौ २४ गतेको प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार। तर पनि शिरमा फहराईरहेको छ चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा। झण्डासँगै आशा र विश्वास बोकेर उभिरहेको छ, सिंहदरबार। आगोका लप्काले खाएको सिंहदरबार नियाल्दै...

फिर्ता हुन थाल्यो लुटिएका चामल र चिनी

सिरहा : यहाँको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटपाट गरिएको खाद्यान्न प्रशासनको कडा उर्दीपछि फिर्ता हुन थालेको छ । जेनजी आन्दोलनका क्रममा गत मङ्गलबार दिउँसो कम्पनीको गोदामबाट चामल, चिनी लुटपाट...