

-
हेटौँडा : मकवानपुरको भीमफेदी गाउँपालिका– ६ चिसापानीगढीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु भएका १३ जनाको शव आफन्तले बुझेका छन् । हेटौँडा अस्पतालको शव गृहमा राखिएका १३ शवको पोस्टमार्टमपछि आफन्तले बुझेका हुन् ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं दुर्घटना छानबिन समितिका संयोजक शेषकान्त पौडेलसँग शुक्रबार भएको छलफलपछि मृतकका आफन्तले शव बुझेका हुन् ।
दुर्घटनामा ज्यान गुमाएका १४ जनामध्ये दुर्घटना भएको इभीका चालकको शव भने आफन्तले बिहीबार साँझ नै बुझेर लगेका थिए ।
बिहीबार बिहान भएको दुर्घटनामा मधेस प्रदेशको सर्लाही जिल्लास्थित चक्रघट्टा गाउँपालिका–४ का १३ जना र वडा नम्बर ८ का एक जना गरी १४ जनाको मृत्यु भएको थियो । चालकको शव हस्तान्तरण भइसकेपछि बाँकी १३ शव हेटौँडा अस्पतालमा राखिएका थिए ।
दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारले उचित क्षतिपूर्ति, घाइते बालबालिकाको शिक्षा तथा पालनपोषणको व्यवस्था, मृतकका परिवारका सदस्यलाई रोजगारी र दुर्घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै आएका थिए । माग सम्बोधन नभएसम्म शव परीक्षण गर्न नदिने र शव नबुझ्ने अडानमा उनीहरू थिए ।
मृतक पक्ष र प्रशासनबिच भएको छलफलमा पीडित परिवारका माग सात दिनभित्र सम्बोधन गर्न पहल गर्ने सहमति भएपछि शव परीक्षण गर्न दिइएको थियो । सहमतिपछि पोस्टमार्टम सम्पन्न गरी शुक्रबार शव आफन्तलाई हस्तान्तरण गरिएको हो ।
पीडित परिवारका तर्फबाट मधेस प्रदेशका पूर्वअर्थमन्त्री एवं प्रदेशसभा सदस्य सञ्जयकुमार यादव र चक्रघट्टा गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवसमेतले माग सम्बोधनका लागि पहल गरेका थिए ।
पारिवारिक स्रोतका अनुसार हेटौँडा अस्पतालबाट बुझिएका शव शुक्रबार नै सर्लाही पुर्याएर दाहसंस्कार गरिनेछ । भीमफेदी दुर्घटनामा एकै परिवारका छ सदस्यसहित १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।
News Desk 0 response शुक्रबार, कार्तिक २८, २०८३

सम्बन्धित शीर्षकहरु
-
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
शुक्रबार, कार्तिक २८, २०८३ -
राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त
शुक्रबार, कार्तिक २८, २०८३
-
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
शुक्रबार, कार्तिक २८, २०८३ -
राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३


