समाचार

८ हजार ८ सयभन्दा धेरै कैदीबन्दी अझै फरार

काठमाडौं : गएको भदौ २३ र २४ गते भएको जेन–जीको प्रदर्शनका कारण कारागारबाट भागेकामध्ये ८ हजार ८ सय १६ कैदीबन्दी अझै फरार रहेका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार २७ कारागारबाट...

फेरिए काठमाडौंका प्रहरी प्रमुख

काठमाडौं : जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुख फेरिएका छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एसएसपी रमेश थापालाई काठमाडौंको सुरक्षा नेतृत्व दिएर पठाइएको हो । यस्तै काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका एसएसपी विश्व अधिकारीलाई...

समयमै चुनाव गराउन निर्वाचन आयोग तयार

काठमाडौं : निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समयमै चुनाव सम्पन्न गराउन आयोग तयार रहेको बताएका छन् । नवनियुक्त गृह एवम् कानून न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याललाई स्वागत गर्न आयोजित कार्यक्रममा...

सर्वोच्च अदालतको ध्वस्त भएको भवन परिसरमै पाल टाँगेर इजलास

काठमाडौं : सर्वोच्च अदालतले आगजनीमा ध्वस्त भएको भवन परिसरमै पाल टाँगेर इजलास सुरु गरेको छ । भौतिक संरचना जलेर इजलास राख्ने ठाउँसम्म नभएको स्थितिमा सर्वोच्चले पालबाटै सेवा सुरु गरेको हो । सर्वोच्च अदालतको परिसरमा...

तीन मन्त्रीले क्षतिग्रस्त संसद् भवन अवलोकन गरे, क्षतिको विवरण चाँडै सार्वजनिक हुने

काठमाडौं : अन्तरिम सरकारका तीन जना मन्त्रीले आगजनी र तोडफोडका कारण क्षतिग्रस्त संसद् भवनको अवलोकन गरेका छन् । आज गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङले सामूहिक रूपमा संसद् भवनको अवलोकन...

दशैँ सुरू नहुँदै काठमाडौं उपत्यकाबाट बाहिरिनेको सङ्ख्या बढ्यो

काठमाडौं : काठमाडौंको गोङ्गबुमा रहेको नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको छ । दशैँ पर्व शुरू नहुँदै नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको हो । ‘जेन–जी’ प्रदर्शनका कारण त्रिभुवन विश्वविद्यालय र त्यस अन्तर्गतका क्याम्पस...