समाचार

गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु

गोरखा : गोरखामा  करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मङ्गलवार बिहान करेन्ट लागेर शहीद लखन गाउँपालिका–७ थापागाउँका ४० वर्षका राममणि थापाको मृत्यु भएको हो । शहीद–लखन ७ बाह्रबिसेकी शान्ता तिवारीको कुखुरा फार्ममा...

जुम्लाका वडाबाटै नुन वितरण सुरु

जुम्ला : जुम्लामा वडाबाटै नुन वितरण सुरु भएको छ । नुन नपाइएको भन्दै उपभोक्ताले साल्ट ट्रेडिङ कर्पोरेशन कार्यालयमा तोडफोड गरेपछि वडाबाटै नुन वितरण  गरिएको हो । साल्ट ट्रेडिङ कार्यालयले वडामा नुन पठाउन शुरु गरेपछि...

नारायणी, गण्डकी, बबई, तिनाउ, राप्तीलगायतका नदीमा जलसतह बढ्यो : तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं : नारायणी, गण्डकी, बबई, तिनाउ, राप्तीलगायतका नदीमा जलसतह बढेको छ । रातिदेखि नै चितवन, नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान, दाङ र आसपासका क्षेत्रमा बाढीको जोखिम बढ्नेगरी पानी परेको छ । ती ठाउँका नदी तटीय क्षेत्र तथा...

कालीखोलामा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड बन्द

काठमाडौं : चितवनकाे कालीखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड बन्द भएको छ । चितवनकाे इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा रहेको कालीखोलामा बिहान पहिरो खसेको हो । बाटोमा पहिरो थुप्रिएको कारण सडक खण्ड भएर चल्ने गाडी...

नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान र आसपासका क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन अग्रह

काठमाडौं : पछिल्लो तीन घण्टामा नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान र आसपासका क्षेत्रमा बाढीको जोखिम बढ्नेगरी पानी परेको छ । रातिदेखि परेको पानीले ती क्षेत्रमा रहेका साना नदीसँगै तिनाउ, तिनाउ नदीका सहायक नदी र पश्चिम...

काठमाडौं उपत्यकामा एकैदिन १ सय १ फार्मेसीको अनुगमन, १० फार्मेसी सिल

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजो एकैदिन काठमाडौं उपत्यकामा एक सय एकवटा औषधि पसलको अनुगमन गरेको छ । अनुगमन टोलीले काठमाडौं उपत्यकामा नियम विपरीत सञ्चालित १० वटा औषधि पसल सिल गरेको छ भने...