• गोरखा : गोरखामा  करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मङ्गलवार बिहान करेन्ट लागेर शहीद लखन गाउँपालिका–७ थापागाउँका ४० वर्षका राममणि थापाको मृत्यु भएको हो ।

    शहीद–लखन ७ बाह्रबिसेकी शान्ता तिवारीको कुखुरा फार्ममा विद्युतीय तार शर्ट भएर करेन्ट लाग्दा थापा गम्भीर घाइते भएका थिए। करेन्ट लागेर गम्भीर घाइते भएपछि गोरखा अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    कुखुरा फार्म नजिकै रहेको हाते ट्र्याक्टर निकाल्ने क्रममा थापालाई करेन्ट लागेको थियो ।