समाचार

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार...

सर्लाहीको मलङ्गवामा ‘कर्फ्यु’ हट्यो

काठमाडौं : सर्लाहीको सदरमुकाम मलङ्गवामा लाग्दै आएको ‘कर्फ्यु’ पूर्णरूपमा हटाइएको छ । यसअघि असोज ८ गते दिउँसोको कर्फ्यु हटाइएको थियो भने राति ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु लगाइँदै आएको थियो । हिजो बसेको...

अभिनेता अनमाेल केसी हाजिरी जमानीमा रिहा

काठमाडौं : अभिनेता अनमोल केसीलाई हाजिरी जमानीमा रिहा गरिएको छ । उनलाई खोजेको समयमा हाजिर हुने गरी हिजो रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले बताए । अभिनेता केसीको...

भरतपुर महानगरले माग्यो नगर प्रहरी

चितवन : भरतपुर महानगरपालिकाले नगर प्रहरीको माग गरेको छ । महानगरले नगर प्रहरी नायब उपरीक्षकदेखि प्रहरी जवानसम्म ३० जना माग गरेको हो । महानगरले प्रकाशित गरेको सूचनाअनुसार नगर प्रहरी नायब उपरीक्षक (डीएसपी) एक जना,...

चाडबाड केन्द्रित बजार अनुगमन तीव्र

काठमाडौं : सरकारले चाडबाड नजिकिएसँगै देशैभर बजार अनुगमनलाई तीव्रताका साथ अघि बढाएको छ । उपभोक्ताको हकअधिकार संरक्षण, स्वच्छ बजार प्रवर्द्धन तथा अवाञ्छित मूल्यवृद्धि अनुगमन तथा नियन्त्रणका लागि अनुगमनलाई तीव्र बनाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता...

सिरहामा बस दुर्घटना हुँदा दुईको मृत्यु, २५ जना घाइते

गोलबजार : सिरहामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना यात्रु घाइते भएका छन् । आइतबार दिउँसो सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रुबाहक बस...