समाचार

नेपालगञ्जमा अवस्था हेरेर कर्फ्यु र निषेधाज्ञा हटाउने तयारी

काठमाडौं : बाँकेको नेपालगञ्जमा आज पनि निषेधाज्ञा कायमै छ । तर अवस्था सामान्य रहेको र चहलपहल बढेको छ । नेपालगञ्ज क्षेत्र शान्त बन्दै गएको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए । उनले अवस्था...

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, विश्वासको मत पाउन कठिन

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले आज विश्वासको मत लिने भएको छ । राजनीतिमा कुनै चमत्कार नभए अहिलेसम्म उनले विश्वासको मत पाउने अवस्था देखिंदैन । सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते...

आज जितिया पर्व

काठमाडौं : आज जितिया पर्व मनाइँदैछ । सन्तानको दीर्घ जीवन तथा पारिवारिक सुख शान्तिका लागि मनाइने यो पर्व अस्ति बिहीवारदेखि विधिवत् रुपमा शुरु भएको हो । जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास...

भारतको उडिसामा स्क्रब टाइफसको सङ्क्रमण फैलियो

भारतको पूर्वी राज्य उडिसामा स्क्रब टाइफसको सङ्क्रमण फैलदै गएको छ । सङ्क्रमण फैलिन थालेपछि स्वास्थ्य विभागले परीक्षणलाई तीव्रता दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्क्रब टाइफस ‘ओरिएन्टिया सुत्सुगामुशी’ नामक ब्याक्टेरियाबाट हुने रोग हो ।...

सुन तस्करीको आरोपमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउने आदेश

काठमाडौं : जिल्ला अदालत काठमाडौंले ६१ किलो सुन तस्करीको आरोपमा पक्राउ परेकाहरुमध्ये १ जना बाहेक सबैलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले रुकमिना सुब्बालाई भने ५ लाख...

नेपालबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं : नेपालबाट मनसुन बाहिरिन थालेको छ । आज शुक्रवार सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिमी भूभागबाट मनसुन बाहिरिएको मौसमविद्ले बताएका छन् । मनसुन बाहिरिन थालेकोबारे औपचारिक निर्णय भने भोलि शनिवार हुने मौसम पूर्वानुमान महाशाखाले...