समाचार

पालिकाबाट पनि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न आयोगले कार्यविधिको मस्यौदा बनायो

काठमाडौं : पालिकाबाट पनि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने प्रयोजनका लागि निर्वाचन आयोगले कार्यविधिको मस्यौदा तयार पारेको छ । मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यलाई सरल, सहज र नागरिकको पहुँचमा पुर्‍याउन तथा मतदाता...

नेपाल विद्युत प्राधिकरणले यसवर्ष पनि पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ

काठमाडौं, २९ असोज नेपाल विद्युत प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो ।...

लगनखेलका मासु पसल अधिकांश मापदण्डविपरीत

पाटन (ललितपुर), २९ असोजलगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत रहेको पाइएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार सहितको टोली बजार अनुगमनमा जाँदा लगनखेलको...

पोखरा आसपासका ऐतिहासिक कोटमा घटस्थापना

गण्डकी, २९ असोज : नवदुर्गाको अवसरमा पोखरा आसपासका ऐतिहासिक कोट तथा मन्दिरमा घटस्थापना गरिएको छ । परापूर्वकालदेखि अस्तित्वमा आएका कास्कीकोटस्थित गुप्तकालिका मन्दिर, भरतपोखरीस्थित कोटभैरव मन्दिर, कालिकास्थित ठूलाकोट, निर्मल पोखरीस्थित फोक्सिङकोट, रुपास्थित रुपाकोटलगायत मठमन्दिरमा नवदुर्गाको...

चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्न स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौँ, २९ असोज : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्था र सम्बन्धित निकायलाई चट्याङबाट सुरक्षित राख्नुका साथै चट्याङबाट हुने घाइतेको उचित व्यवस्थापनका लागि पूर्वतयारी गर्न आह्वान गरेको छ ।

विपिनलाई ‘लोकेट’ गर्ने प्रयास जारी छ : परराष्ट्रमन्त्री साउद

इजरायलमाथि हमासको आक्रमण भएसँगै बेपत्ता भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको अवस्था पत्ता लगाउनका लागि सरकारले सम्भव भएसम्मका उपलब्ध संयन्त्रको परिचालन गरिरहेको जनाएको छ । त्यसका लागि हमाससँग सम्बन्ध भएका भनिएका मुलुकहरूसँग पनि कुरा...