समाचार

अवरुद्ध बारपाक–लाप्राक सडकखण्ड सञ्चालन

गोरखा, १ कात्तिकः बर्खाका कारण तीन महिनादेखि अवरुद्ध भएको बारपाक–लाप्राक सडकखण्ड सञ्चालनमा आएकोे छ । बर्खाका बेला ठाउँठाउँमा खसेका ठूलाठूला पहिराले गएको असार पहिलो सातादेखि अवरुद्ध भएको सडकखण्ड मङ्गलबारदेखि सञ्चालनमा आएको सडक पूर्वाधार विकास...

मनसुन अवधिमा मानवीय क्षति कम, भौतिक पूर्वाधारमा अर्बौंको क्षति

१ कात्तिक, काठमाडौं । यस वर्ष मनसुनजन्य विपदबाट ९२ जनाको मृत्यु र १६८ जना घाइते भएका छन् । ३० जना बेपत्ता छन् । यस वर्ष तुलनात्मक रुपमा कम मानवीय क्षति भए पनि निजी आवास...

प्रधानमन्त्री प्रचण्ड मुस्ताङमा

१ कात्तिक, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मुस्ताङ पुगेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी अन्तक्रियामा सहभागी हुन उनी मुस्ताङ पुगेका हुन् ।...

हुलाकी राजमार्गको पुल अधुरै

राजविराज (सप्तरी), १ कात्तिक : हुलाकी राजमार्गअन्तर्गत राजविराज–कन्चनपुर जोड्ने सप्तरीको अग्निसाइरकृष्ण सवरण गाउँपालिका–४ बनौलीस्थित कालिया खोलाको पुल अधुरै छ । निर्माणको जिम्मा लिएका ठेकेदार सम्पर्कविहीन भएपछि पुल कहिले बन्ने टुङ्गो छैन । ‘लामा बागमती...

महानगर प्रहरी प्रमुखमा पाण्डेको वढुवा

काठमाडौँ, १ कात्तिक : काठमाडौँ महानगरपालिकाले महानगर प्रहरीको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षकमा राजुनाथ पाण्डेलाई बढुवा गरेको छ । महानगरपालिकाले प्रहरी ऐन, २०८० को व्यवस्थाअनुसार मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले प्रहरी उपरीक्षक पाण्डेलाई प्रहरी वरिष्ठ...

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

काठमाडौं : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै छन्। प्रदेश सभाको बिहान ११ बजेपछि बस्ने बैठकमा उनले विश्वासको मत लिने कार्यसूची छ । गएको शनिवार प्रदेश सरकार गठनको अन्तिम विकल्प...