समाचार

उपप्रधानमन्त्री श्रेष्ठ अस्पताल भर्ना

काठमाडौं : उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । अहिले उनको अवस्था स्थीर रहेको डाक्टरले बताएका छन् । हिजो मङ्गलवार नियमित स्वास्थ्य परीक्षणका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी पुगेका...

कोप २८ मा ‘हिमालको पुकार’ प्रदर्शन

दुबई : संयुक्त अरब इमिरेट्सको दुबईमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–२८) मा नेपालमा भएको जलवायुजन्य क्षति समेटिएको वृत्तचित्र हिमालको पुकार प्रदर्शन गरिएको छ । वृत्तचित्रमा सगरमाथा, अन्नपूर्णसहितका हिमाल तीव्र गतिमा पग्लिँदा त्यसले जनजीवनमा...

मुलुकका लागि माओवादी रुपान्तरण हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

महोत्तरी : प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले पार्टीका कार्यकर्ताको रुपान्तरणको सवाल मुलुकसँग गाँसिएको बताएका छन् । महोत्तरीको गौशालामा आज आयोजित पार्टीको तीनमहिने रुपान्तरण अभियानको मधेस प्रदेशस्तरीय समीक्षा बैठक...

सोती घटनामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

काठमाडौं : रुकुम पश्चिमको सोती घटनामा संलग्न रही मुद्दा चलाइएका ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला गरेको छ । रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला गरेको हो । आइतबारदेखि रुकुम जिल्ला...

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा

काठमाडौैँ, १९ मङ्सिर : टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज पेसी तोकिएको भए पनि सुनुवाइ नहुने भएको छ । न्यायाधीशद्वय सुस्मालता माथेमा र विनोद शर्माको इजलासमा पेसी तोकिएको भए...

सेयर बजारमा दोहोरो अंकको गिरावट, डेढ अर्ब नाघ्यो कारोबार

१९ मंसिर, काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेप्से अघिल्लो दिनको तुलनामा १० अंक घटेको छ भने ‘क’ वर्गका कम्पनीहरुको सेन्सिटीभ सूचक २.१ अंक घटेको छ । मंगलबारको...