

-
१९ मंसिर, काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेप्से अघिल्लो दिनको तुलनामा १० अंक घटेको छ भने ‘क’ वर्गका कम्पनीहरुको सेन्सिटीभ सूचक २.१ अंक घटेको छ । मंगलबारको कारोबारपछि नेप्से १८३७ विन्दुमा कायम भएको छ ।
कुल ६२ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने १४ को स्थिर रह्यो । कारोबार रकम भने बढेको छ । अघिल्लो दिन १ अर्ब १९ करोडको धितोपत्र कारोबार भएकोमा मंगलबार १ अर्ब ५४ करोड रुपैयाँको भयो ।
जीवन बीमाबाहेक सबै समूहका सूचक घटेका छन् । सो समूह करिब १७ अंक बढ्यो । उत्पादन समूह सबैभन्दा धेरै २.५ प्रतिशत घट्यो ।
बैंकिङ २, विकास बैंक १५, फाइनान्स १३, होटल तथा पर्यटन ८७, जलविद्युत् ११, उत्पादन १२४, माइक्रोफाइनान्स २९, निर्जीवन बीमा ४२, अन्य ७ र ब्यापार उपसमूह ३० अंक घटे ।
सिंगटी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । माहुली लघुवित्तको ३.९, ग्लोबल आईएमई लघुवित्तको ३.४, नेसनल हाइड्रोको २.९ प्रतिशत मूल्य बढ्यो ।
त्यस्तै विशालबजार कम्पनीको ९.५, माउन्टेन इनर्जीको ८.९, उन्नति सहकार्य लघुवित्तको ८.८ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा माउन्टेन इनर्जी, सिटिजन लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, सोनापुर सिमेन्ट र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।
News Desk 0 response मङ्लबार, मंसिर १९, २०८०

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३



