

-
काठमाडौं । बुधबार उपत्यकाका २३ सहित २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । जसमा उपत्यकाका काठमाडौँमा १६ र ललितपुरमा ७ जना छन् । थपिएको उक्त संख्यासँगै नेपालमा संक्रमितको संख्या १६ हजार ४२३ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।
प्रवक्ता डा. गौतमका अनुसार विगत २४ घण्टामा थप २५३ जना भाइरसमुक्त भएर डिस्चार्ज भएका छन् । यीसँगै हालसम्म ७ हजार ७५२ जना निको भएका छन् भने ३५ जनाको यसअघि नै मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । अहिले देशभरि आइसोलेशनमा ८ हजार ६३६ जनाको उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६९६ जनाको पीसीआर विधिबाट परीक्षण भएको थियो । यससँगै अहिलेसम्म पीसीआर विधिबाट २ लाख ६६ हजार ४५७ जनाको नमूना परीक्षणको भएको छ । त्यस्तै देशभरि क्वारन्टीनमा २५ हजार ४० जना रहेको मन्त्रालयले बताएको छ ।
News Desk 0 response बुधबार, असार २४, २०७७

सम्बन्धित शीर्षकहरु
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



