

-
काठमाडौं । शनिवार थप २३२ व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि हुनुका साथै दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका छन् । २३२ जनाको रिपोर्ट पोजिटिभ आएसँगै नेपालमा संक्रमितको कुल संख्या १५ हजार ४९१ पुगेको छ भने कोरोनाकै कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुष रहेका छन् । असार १७ गते कतारबाट आएका उनको उपचारको क्रममा शनिबार गोरखा अस्पतालमा मृत्यु भएको बताइएको छ । त्यसैगरी रुपन्देही जिल्लाको देवदह नगरपालिकाका ७५ वर्षीय पुरुषको त्रिविवि शिक्षण अस्पतालमा उपचारका क्रममा असार १७ गते मृत्यु भएको थियो । क्षयरोग पीडितसमेत रहेका उनको कोरोना पुष्टि भने मृत्यु पश्चात भएको हो । यीसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
मन्त्रालयका अनुसार कोरोना जित्नेको कुल संख्या ६ हजार चार सय १५ पुगेको छ। पछिल्लो २४ घण्टामा विभिन्न कोरोना उपचार केन्द्रबाट थप २७२ जना डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा ४ हजार ५० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले बताएको छ । हालसम्म मुलुकभर पीसीआर विधिबाट दुई लाख ४६ हजार दुई सय ९७ र आरडीटी विधिबाट तीन लाख १० हजार तीन सय नमुनाको परीक्षण गरिसकिएको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् । संक्रमितमध्ये ९ हजार ४२ जनाको आइसोलेसनमा उपचार भइराखेको छ भने विभिन्न जिल्लामा अहिलेसम्म ३३ हजार एक सय २५ जना क्वारेन्टाइनमा रहेका छन् ।
News Desk 0 response शनिबार, असार २०, २०७७

सम्बन्धित शीर्षकहरु
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



