

-
धनगढी । बिहीबार एकै दिन ३३३ जना कोरोना सङ्क्रमित थपिएपछि सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ९३३ पुगेको छ ।
प्रदेशको कैलाली जिल्लामा एकै दिन १३८ जना नयाँ सङ्क्रमित थपिएपछि यो जिल्लामा सङ्क्रमितको सङ्ख्या ८७४पुगेको छ । योसँगै कैलाली जिल्ला देशभरमै सबैभन्दा बढी कोरोना सङ्क्रमित जिल्लाको रुपमा देखिएको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार बिहीबारसम्म कञ्चनपुरमा ३५१, डोटीमा ४७३, डडेलधुरामा २३०, बाजुरामा ३३७ बैतडीमा २३६, बझाङमा १२७, अछाममा २८८ र दार्चुलामा १७ जना सङ्क्रमित पुगेको बताए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, सेती प्रादेशिक अस्पताल र वीरअस्पतालमा गरिएको नमूनाको परीक्षणमा बिहीबार एकै दिन सुदूरपश्चिम प्रदेशका ३३३ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । बिहीबार बझाङबाट २०, कैलालीबाट चार, अछामबाट १६, डोटीबाट ३० गरी ७० जना डिस्चार्ज भई हालसम्म जम्मा डिस्चार्ज हुनेको सङ्ख्या ५६१ पुगेको छ ।
कोभिड–१९ का कारण सुदूरपश्चिम प्रदेशमा हालसम्म छ जनाको मृत्यु भएको छ । पछिल्ला दिनमा कोभिड–१९ को सङ्क्रमणको दर प्रदेशमा ह्वात्तै बढ्दै गएको छ । प्रदेशमा पहिलोपटक गएको चैत १४ गते पहिलो कोरोना सङ्क्रमित भेटिएका थिए । वैशाख महिना शुरु हुँदासम्म पाँच जना सङ्क्रमित फेला परेकामा त्यस पछि झण्डै एक महिनासम्म नयाँ सङ्क्रमणको दर स्थिर रहेको थियो तर कोरोना सङ्क्रमित देश भारतबाट फर्किने नेपाली बढ्दै जाँदा प्रदेशमा सङ्क्रमणको दर बढ्दै गएको स्वास्थ्यकर्मीको भनाइ छ ।
हालसम्म पिसिआर पद्धतिबाट २० हजार ९९६ को स्वाबको नमूना जाँच भइसकेकोमा तीन हजार ६७९ नमूनाको नतिजा आउन बाँकी छ । यस्तै आरडिटी पद्धतिबाट हालसम्म एक लाख १३ हजार ८९३ नमूनाको जाँच भइसकेको छ । बन्दबन्दी खुकुलो पारिएसँगै सर्वसाधारणको चहलपहल पनि बढ्दै जाँदा रोगको जोखिम पनि बढ्ने देखिएको कतिपयको बुझाइ छ ।
सङ्क्रमित देश भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका नेपालीको बसाईसमेत व्यवस्थित र तोकिएको मापदण्डअनुसार हुन नसक्दा पनि सङ्क्रमणको जोखिम थपिएको हो । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थी भारतबाट आउने क्रम जारी रहँदासम्म प्रदेशमा कोरोना सङ्क्रमको दर पनि बढ्दै जाने बताउँछन् ।
धनगढी उपमहानगरपालिकाले पिसिआर पद्धतिबाट नमूना जाँच गर्नका लागि बिहीबारबाट शङ्कास्पद व्यक्तिको स्वाब सङ्कलन गर्न थालेको छ । बेली गाउँस्थित नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत स्वाब सङ्कलन शुरु गरिएको उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले बताए ।
उपमहानगरपालिकाले विभिन्न वडाका क्वारेन्टिनमा बसेका शङ्कास्पद व्यक्तिको कोरोना जाँच गरेर कोरोना पोजेटिभ देखिएकालाई उपमहानगरपालिकाले बनाएको आइसोलेसनमा राख्न थालेको छ । रासस
News Desk 0 response शुक्रबार, असार १९, २०७७

सम्बन्धित शीर्षकहरु
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



