

-
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बुधबार १४ हजार ४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४८२ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका छन् । जसमा ३७५ पुरूष र ११७ जना महिला रहेका छन् । यो थपिएको संख्यासँगै देशभरि कोरोना संक्रमितको कुल संख्या १४ हजार ४६ पुगेको हो । उपत्यकामा पनि १७ जना संक्रमित थपिएका छन् । तीमध्ये ललितपुरमा पाँच, भक्तपुरमा दुई र काठमाण्डौं १० जनामा कोरोना पुष्टि भएको छ ।
प्रवक्ता गौतमका अनुसार तीमध्ये हालसम्म ४ हजार ६५६ जना निको भएका छन् । उनले बुधबार थप एक जनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरेका छन् । मृत्यु हुनेमा अछामका ४५ वर्षका एक पुरूष रहेका छन् । उनको असार १४ गते अछामको बयालपाटा अस्पतालमा भएको मृत्युपछि लिएको स्वाबमा असार १६ गते कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए । उनी मधुमेहबाट पीडित भएको बताइएको छ । यीसँगै नेपालमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ८८६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण भएको थियो । हाल आइसोलेसनमा ९ हजार ३६० जना रहेका छन् भने अहिलेसम्म क्वारेन्टिनमा ४८ हजार ३६२ जना रहेका छन् ।
News Desk 0 response बुधबार, असार १७, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक निकाय नै मौन
सोमवार, मंसिर १, २०८३-
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३ -
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


