

-
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १० ठाउँमा कोभिड–१९ को पिसिआर विधिबाट परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने भएको छ । कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि १० ठाउँमा प्रयोगशाला स्थापना गर्न थालिएको मन्त्रालयका इन्सिडेन्ट कमाण्ड सिस्टमका संयोजक डा गुणराज लोहनीले जानकारी दिए ।
उनका अनुसार मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र काठमाडौँ, सशस्त्र प्रहरी अस्पताल बलम्बु, पाल्पा अस्पताल तानसेन, धौलागिरि अस्पताल बागलुङ, धनकुटा अस्पताल, नेपाल प्रहरी अस्पताल र नेपाली सेना अस्पताल काठमाडौँमा प्रयोगशाला स्थापना गरिनेछ ।
अहिले मुलुकभर २३ स्थानमा पिसिआर विधिबाट कोभिड–१९ को परीक्षण हुने गर्दछ । मन्त्रालयले सम्भावित सङ्क्रमितको अवस्था हेरेर ती ठाउँमा प्रयोगशाला स्थापना गर्न थालेको हो । यी नयाँ १० ठाउँसँगै अब ३३ ठाउँबाट कोभिड–१९ को पिसिआर विधिबाट परीक्षण हुनेछ ।
नयाँ ठाउँबाट कोभिड–१९ को परीक्षण गरे दैनिक १० हजार जनाको परीक्षण गर्न सकिने मन्त्रालयले जनाएको छ । अहिले २३ प्रयोगशालाबाट दैनिक छ हजार पिसिआर विधिबाट परीक्षण गर्दै आइरहेको छ । अहिलेसम्म दुई लाख छ हजार २७१ जनाको पिसिआर परीक्षण गरिएको छ ।
News Desk 0 response शनिबार, असार १३, २०७७

सम्बन्धित शीर्षकहरु
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



