

-
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ५३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । तीमध्ये पुरुष ४४८ र महिला ९० जना रहेका छन् । यीसँगै नेपालमा मंगलबारसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या १० हजार ९९ पुगेको छ ।
त्यसैगरी कोरोना संक्रमणका कारण सोमबार थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुष रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए । उनका अनुसार क्षयरोग र दमको समेत बिरामी रहेका उनको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको थियो । यसरी मृत्यु हुनेको कुल संख्या अहिलेसम्म २४ पुगेको छ ।
मन्त्रालयका अनुसार विभिन्न कोरोना उपचार केन्द्रबाट मंगलबार थप ७६ जना निको भएर डिस्चार्ज भएका छन् । जसमा पुरुष ६८ र महिला ८ जना रहेका छन् । यीसँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या दुई हजार २२४ पुगेको छ ।
उक्त पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले विगत २४ घण्टामा ४ हजार ९९५ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको बताए । यससँगै हालसम्म पीसीआर विधिबाट परीक्षण हुनेको संख्या १ लाख ८६ हजार ३६६ जना पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले सात हजार ८ सय ५१ जनाको आइसोलेसनमा उपचार भइराखेको छ भने हाल ८५ हजार ८ सय १३ जना क्वारेन्टिनमा रहेका छन् । त्यसैगरी उपत्यकामा सहित मुलुकभर रेड जोनमा ५०८ जना परेका छन् ।
News Desk 0 response मङ्लबार, असार ९, २०७७

सम्बन्धित शीर्षकहरु
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने
शुक्रबार, साउन २९, २०८३-
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



