

-
कास्की । गण्डकी प्रदेशको कास्की, गोरखा, स्याङ्जा, बाग्लुङ र नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा आज थप १८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति जारी गरी गोरखामा १०, स्याङ्जामा चार, नवलपरासीमा दुई तथा कास्की र बाग्लुङमा एकरएक जनामा नयाँ सङ्क्रमण पुष्टि भएको जनाएको छ । यससँगै हालसम्म प्रदेशमा सङ्क्रमितको सङ्ख्या २२३ पुगेको छ ।
स्याङ्जाको चापाकोट नगरपालिकाका वर्ष १८, ३५, ३९ र १८ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी गोरखाको गोरखा नगरपालिकाका वर्ष ३२, ३५, २१, १६, ५३, २९, २५ वर्षका पुरुष र ३१ वर्षीया महिला, बारपाक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षीय दुई पुरुषमा सङ्क्रमण फेला परेको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।
नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाका १८ वर्षीय तथा मध्यविन्दु नगरपालिकाका १९ वर्षीय पुरुष, कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षीय पुरुष तथा बाग्लुङको ताराखोला गाउँपालिकाका ३४ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । नयाँ सङ्क्रमण पुष्टि भएकाहरु सबै भारतबाट फर्किएको र सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेकामा हाल उपचारका लागि जिल्लामा रहेको आइसोलेसनकक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए ।
प्रदेशका हिमालपारिका मनाङ र मुस्ताङबाहेकका अन्य सबै जिल्लामा कोरोना फैलिएको छ । अहिलेसम्म स्याङ्जामा ६४, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४८, बागलुङमा ४१, पर्वतमा २६, गोरखामा २५, तनहुँमा नौ, कास्कीमा छ, म्याग्दीमा तीन र लमजुङमा एक सङ्क्रमित छन् । कूल सङ्क्रमितमध्ये १२ महिला छन् । सङ्क्रमितमध्ये २० विभिन्न अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् । एक जना सङ्क्रमितको भने मृत्यु भएको छ ।
प्रदेशमा हालसम्म आठ हजार ४४३ जनाको पिसीआर विधिबाट कोरोना परीक्षणका लागि नमूना सङ्कलन (स्वाब) लिइएकामा पाँच हजार ८६२ को नतिजा नेगेटिभ आएको छ । स्वाब लिइएकाहरुमध्ये दुई हजार ३७६ को नतिजा आउन बाँकी रहेको बताइन्छ । रासस
News Desk 0 response मङ्लबार, असार २, २०७७

सम्बन्धित शीर्षकहरु
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने
शुक्रबार, साउन २९, २०८३-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



