

-
काठमाडौँ । सांसदहरुले शान्ति सुरक्षालाई चुस्त बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा आइतबारको बैठकको विशेष समयमा सांसदद्वय मातृकाप्रसाद यादव र जुलीकुमारी महतोले यही जेठ २७ गते राति धनुषाको सवैला नगरपालिकामा ट्र्याक्टर चालकले प्रहरी हिरासतमा आत्महत्या गरेको भन्ने घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न माग गरे ।
उनीहरुले विगतदेखि सो क्षेत्रमा आपराधिक घटना हुने र राजनीतिक आडमा दोषी जोगिने प्रवृत्तिलाई रोक्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद उमाशङ्कर अर्गरियाले धनुषामा पीडितले प्रहरीसमक्ष किटानी जाहेरी लिन नमान्दा शव परीक्षण हुन नसकेको र घटनाको छानविन गरी दोषीमाथि कारवाही माग गरे ।
सांसद राजेन्द्रकुमार केसीले प्रतिपक्षीदलले राम्रा काममा सदैव सरकारलाई सहयोग गरिरहेको स्पष्ट पार्दै काठमाडौँलगायत शहरमा केही दिनदेखि भइरहेको युवाको आन्दोललाई ‘प्रतिपक्षीले उचालेको भन्ने हल्ला’ निराधार भएकोे बताए ।
सांसद पे्रम सुवालले यही जेठ ७ गते जारी गरेको नयाँ नक्साअनुसार शनिबार प्रतिनिधिसभाले संविधान संशोधन पारित गरेको र त्यस सम्बन्धमा ‘भारतको विदेश मन्त्रालयले वार्ता गर्ने समझदारी उल्लङ्घन भयो’ भनी टिप्पणी गरेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
सांसद प्रभु साहले किसानले अहिले मलखाद नपाएको,कृषि सामग्री कम्पनीबाट हुने बिक्री वितरणमा पनि भनसुन हुने गरेको जनाउँदै क्वारेन्टिनमा बसेकलाई पिसिआर परीक्षण छिटो हुने व्यवस्था मिलाउन माग गरे ।
सांसद प्रदीप यादवले शनिबार पारित संविधान संशोधनपछि अब सो क्षेत्रको जग्गा कसरी फिर्ता गर्ने सम्बन्धमा ध्यान जानुपर्छ भनेका छन् । उनले प्रमाण जुटाउन सरकारले गठन गरेको विज्ञ समितिमा मधेशी र जनजाति समावेश नगरेकोमा आपत्ति जनाए ।
बैठकमा सांसदहरु लालकाजी गुरुङ, रामकुमारी चौधरी, दुर्गाबहादुर राउत र पदम गिरीले पिसिआर परीक्षण बढाउन माग गरेका थिए ।
News Desk 0 response आइतवार, जेष्ठ ३२, २०७७

सम्बन्धित शीर्षकहरु
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने
शुक्रबार, साउन २९, २०८३-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



