

-
काठमाडौँ । नेपालमा शनिबार २७३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारको कोरोना अपडेटमा विभिन्न प्रयोगशालाबाट परीक्षणका क्रममा उक्त संख्या थपिएको बताएको छ । तीमध्ये २४७ जना पुरुष र ३६ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् । यीसँगै नेपालका कोरोना संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ ।
प्रवक्ता गौतामका अनुसार थप दुई जनाको कोरोनाकै कारण मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साका एक २५ वर्षिय पुरुष र बाराका एक बालक रहेका छन् । उनका अनुसार पर्सा वीरगञ्जका २५ वर्षीय पुरुषको व्यवहारिसे शवको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । अर्का बाराको निजगढ नगरपालिका–६ का पाँच वर्षीय बालक रहेका छन् । अब नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा विभिन्न कोरोना उपचार केन्द्रबाट ३६ जना कोरोना जितेर निको भएका छन् । यो सँगै कोरोना जित्नेको संख्या ९१३ पुगेको मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार हालसम्म पिसिआरबाट एक लाख २७ हजार २ सय ८८ र आरडीटी विधिबाट एक लाख ९० हजार ५ सय ८२ जनाको कोरोना परीक्षण गरिएको छ । अहिले क्वारेन्टिन १ लाख ५० हजार ५४९ जना रहेका छन् भने आइसोलेसनमा ४ हजार ४०४ जना रहेका छन् ।
News Desk 0 response शनिबार, जेष्ठ ३१, २०७७

सम्बन्धित शीर्षकहरु
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने
शुक्रबार, साउन २९, २०८३-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



