• काठमाडौँ । मंगलबार नेपालमा थप ३२३ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । संक्रमितमा २९२ पुरुष र ३१ जना महिला रहेको उनले बताए । यीसँगै संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।

    त्यसैगरी मंगलबार कोरोनाका कारण थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका ११ का एक पुरुष भएको मन्त्रालयका प्रवक्ता गौतमले बताए । अब नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

    मन्त्रालयका अनुसार मंगलबार विभिन्न अस्पतालबाट ९६ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कोरोना जित्नेको संख्या ५ सय ८४ पुगेको छ ।

    देशभरमा अहिलेसम्म १ लाख ६ हजार ३३१ जनाको पिसिआर विधिबाट परीक्षण गरिसकिएको मन्त्रालयले बताएको छ ।