

-
काठमाडौँ । कोभिड– १९ लाई अहिलेसम्म ३६५ जनाले जितेका छन् । सङ्क्रमित बढेसँगै दैनिक कोभिड– १९ बाट निको भएर डिस्चार्ज हुनेको सङ्ख्या पनि वृद्धि हुँदै गएको छ ।
अहिलेसम्म ७० जिल्लामा तीन हजार २३५ सङ्क्रमित पृष्टि भएका छन् । शुक्रबार एकै दिन ४३ जनाले सङ्क्रमण जितेर घर फर्किका थिए भने शनिबार थप ३२ जनाले जितेर घर गएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा देवकोटाले आज विभिन्न अस्पतालबाट ३२ जना डिस्चार्ज भएका जानकारी दिएका हुन् । डिस्चार्जमध्ये पाँच महिला र २७ पुरुष रहेका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको सङ्ख्या ३६५ पुगेको छ । तीमध्ये २९९ पुरुष र ६६ महिला छन् ।
जनकपुर प्रादेशिक अस्पतालमा रहेका धनुषा, महोत्तरी, सर्लाही, झापाका १५ जना डिस्चार्ज भएका छन् । तीमध्ये एक महिला र १४ पुरुष रहेका छन् । १८ वर्षदेखि ४५ वर्षका उनीहरु १२औँ दिनदेखि १७औँ दिनसम्म अस्पतालमा रहेर डिस्चार्ज भएका हुन् । यस्तै बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका दुई महिला र दुई पुरुष डिस्चार्ज भएका छन् । उनीहरु बाँके र गुल्मीका हुन् । २३ देखि ३५ वर्ष उमेर समूहका उनीहरु १५औँ दिनदेखि १७औँ दिनमा डिस्चार्ज भएका हुन् ।
सेती प्रादेशिक अस्पतालबाट बैतडी र अछामका पाँच रहेका छन् । तीमध्ये एक महिला छन् । ११ वर्षदेखि ३८ वर्ष उमेर समूहका ११औँ देखि १४आँै दिनमा डिस्चार्ज भएका हुन् । यसैगरी सुर्खेत अस्पतालमा रहेका सात जना पनि आजै डिस्चार्ज भएका छन् । सुर्खेतका छ जना १६ देखि ३६ वर्ष उमेर समूहका पुरुष र एक मुगुकी ३५ वर्षीया महिला छन् ।
News Desk 0 response शनिबार, जेष्ठ २४, २०७७

सम्बन्धित शीर्षकहरु
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने
शुक्रबार, साउन २९, २०८३-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



