

-
काठमाडौँ । कोरोना भाइरस सङ्क्रमितसँग नजिक रहेकामा गरिने ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्नका लागि मुलुकभर एक हजार १०७ टोली परिचालन गरिएको छ ।
सङ्घ, प्रदेश र स्थानीय तहमा एक हजार १०७ टोली परिचालन गरेर कन्ट्याक्ट ट्रेसिङ गर्दै आएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । प्रदेश तहमा सामाजिक विकास मन्त्रालय र स्थानीय तहमा रहेका अस्पताल र स्वास्थ्यचौकीले ट्रेसिङको काम गर्दै आइरहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई हजार ६३४ जनामा कोरोना सङ्क्रमित भएको पृष्टि भएको छ । ट्राभल हिस्टीका आधारमा सङ्क्रमितसँग नजिक रहेका आफन्त, साथीभाइको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ गर्ने गरिन्छ ।
इपिडिमियोलोजी र प्रदेशको मन्त्रालयले पाँचजनाका चिकित्सकको टोली कन्ट्याक्ट ट्रेसिङका लागि खटाएका छन् । पहिले कन्ट्याक्ट ट्रेसिङका लागि आफैँ पुग्ने गरेको इपिडिमियोलोजीले अहिले भने प्रदेशमा रहेका चिकित्सकलाई नै केन्द्रबाट भर्चुअल तालिम दिएर कन्ट्याक्ट टे«सिङ गर्नका लागि खटाइरहेको छ ।
अहिले पनि केन्द्रबाट आवश्यकताअनुसार बढी सङ्क्रमित ठाउँमा कन्ट्याक्ट ट्रेसिङका लागि टोली जाने गरेको इपिडिमियोलोजी महाशाखाका निर्देशक डा पाण्डेले बताए ।
“पहिले हामी सय जनासम्म सङ्क्रमित भएको अवस्थामा हामी आफैँ नै जाने गथ्र्यौं । उदयपुर, कपिलवस्तु, बाँके, धनगढीमा हामी आफैँ गयौँ”, उनले भने, “अहिले सङ्क्रमित बढेकाले हामीबाट मात्र कन्ट्याक्ट ट्रेसिङ गर्न सम्भव भएन । हामीले प्रदेश र स्थानीय तहका चिकित्सलाई तालिम दिएर खटाइरहेका छौँ ।”
स्थानीय तहमा प्रत्येक गाउँपालिकामा एकवटा समूहको दरले, नगरपालिकामा दुई टोलीको दरले उपमहानगरपालिकामा तीन टोलीको दरले र महानगरपालिकामा पाँच टोलीको दरले कन्ट्याक्ट ट्रेसिङका लागि परिचालन गरिएको छ । ती टोलीमा तीनजना रहनेछन् । जसमा जनस्वास्थ्य अधिकृतसहित, नर्स र ल्याब टेक्निसियन रहने गर्छन् ।
चार सय ६० गाउँपालिकामा ४६० टोली, २७६ नगरपालिकामा ५५२ टोली, ११ उपमहानगरपालिकामा ३३ टोली र ६ महानगरपालिकामा ३० टोली परिचालन छन् । सङ्क्रमित पृष्टि भएपछि ती सङ्क्रमितको ट्राभल हिस्ट्रीका आधारमा नजिकका आफन्त, घरपरिवार सबैको कन्ट्याक्ट ट्रेसिङ गर्दै आइरहेको छ ।
News Desk 0 response शुक्रबार, जेष्ठ २३, २०७७

सम्बन्धित शीर्षकहरु
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने
शुक्रबार, साउन २९, २०८३-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



