

-
दमौली । कोरोना पुष्टि भएका तनहुँका सङ्क्रमितलाई शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रमा राखेर उपचार गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी एवं सङ्कट व्यवस्थापन केन्द्रका संयोजक बद्रीनाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकले कोरोनासँग सम्बन्धित बिरामीलाई उपचार केन्द्रमा उपलब्ध आइसोलेसनकक्षा भएसम्म उपचारका लागि भर्ना गर्ने निर्णय गरेको हो ।
उपचार केन्द्रमा १२ श्ययाको आइसोलेसनकक्ष निर्माण गरिएको छ । तनहुँका पहिलो कोरोना सङ्क्रमित ऋषिङ गाउँपालिकाका २८ वर्षीय युवाको सोही अस्पतालमा उपचार भइरहेको छ । जिल्लामा कोरोना सङ्क्रमितको उपचारका लागि उपचार केन्द्रसहित दमौली अस्पताल, बन्दीपुर अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसनकक्ष बनाइएको छ । कोरोना सङ्क्रमित थपिएको अवस्थामा क्रमशः दोस्रो, तेस्रो र चौथो क्रम तोकी बिरामी उपचारका लागि राखिने प्रजिअ अधिकारीले जानकारी दिए । “जिपी कोइराला अस्पताललाई पहिलो प्राथमिकता तोकेर नयाँ सङ्क्रमित फेला परे पनि सोही अस्पतालमा उपचार गर्ने निर्णय भएको छ”, उनले भने, “बाँकी अस्पताललाई भने प्राथमिकताक्रम निर्धारण गर्न बाँकी छ ।”
जिपी कोइराला उपचार केन्द्रबाट सञ्चालन हुँदै आएका बहिरङ्ग सेवा (ओपिडी( तथा स्वास्थ्य बीमा कार्यक्रम सोही उपचार केन्द्रसँगै रहेको ज्येष्ठ नागरिक सेवा केन्द्र वा शिवपञ्चायन मन्दिरमध्ये कुनै एकलाई भाडामा लिइ सञ्चालन गर्नका लागि शुक्लागण्डकी नगरपालिकालाई आग्रह गरिएको छ । उपचार केन्द्रलाई तत्काल भौतिक तथा पूर्वाधार विकासका लागि स्थानीय तहहरुलाई आवश्यक सहयोगका लागि अनुरोध गरिएको प्रजिअ अधिकारीले जानकारी दिए ।
क्वारेन्टिनमा रहेका व्यक्तिलाई अस्पतालसम्म ओसारपसारका लागि एम्बुलेन्स सम्बन्धित स्थानीय तहका लागि तोकिसकिएकाले सोही एम्बुलेन्सबाट नै सम्बन्धित स्थानीय तहका क्वारेन्टिनमा रहेका बिरामी बोक्ने निर्णय भएको हुँदा एम्बुलेन्स मर्मतसम्भार र चालकलाई उत्प्रेरित गराइ तयारी अवस्थामा राख्न स्थानीय तहलाई अनुरोध गरिएको छ ।
यसैगरी मङ्गलबार बसेको स्थानीय तहका प्रमुखसहितको सरोकारवालाको बैठकले जिल्लामा शववाहनको व्यवस्था हालसम्म नरहेकाले सम्बन्धित स्थानीय तहमा रहेका सवारी साधन वा सम्बन्धित स्थानीय तहले व्यवस्था गरेको सवारी साधनलाई शववाहनका रूपमा प्रयोगमा ल्याउने निर्णय गरेको छ । सोही बैठकले जिल्लामा प्रचलनमा रहेका शवदहन घाटका नजिक पर्ने गरी घाटको व्यवस्थापन र घाटमा दाहसंस्कारका लागि आवश्यक सामग्री तथा लाग्ने खर्च सम्बन्धित स्थानीय तहले नै गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस
News Desk 0 response बुधबार, जेष्ठ २१, २०७७

सम्बन्धित शीर्षकहरु
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने
शुक्रबार, साउन २९, २०८३-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



