

-
काभ्रेपलाञ्चोक । विश्वभर कोरोना भाइरसको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकमा गत चैतदेखि व्यवस्थित गरिएका अधिकांश क्वारेन्टिन हाल रित्तो अवस्थामा छन् । चार स्थानमा रहेका क्वारेन्टिनमा हाल १२ जनाको उपचार हुँदै थप परीक्षणको तयारी भइरहेको जनाइएको छ ।
धुलिखेल अस्पतालमा चार जनाको आइसोलेशनमा उपचार भइरहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टले जनाएको छ । हालसम्म जिल्लास्थित स्थानीय तहलगायत विभिन्न स्थानका क्वारेन्टिनमा ३४२ श्यया व्यवस्थित गरिएको हो । धुलिखेल नगरपालिकामा ६५, बनेपामा ५०, पनौतीमा १०, नमोबुद्धमा १८, पाँचखालमा ११ श्यया तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, मण्डनदेउपुर नगरपालिकामा १५, चौँरीदेउराली गाउँपालिकामा १५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा छ र खानीखोलामा १५ तथा धुलिखेल अस्पतालमा कार्यरत कर्मचारी प्रयोजनका लागि ५२ श्ययाको क्वारेन्टिन व्यवस्थित गरिएको छ । सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकका १३ स्थानीय तहले एकएक क्वारेन्टिन व्यवस्थित गरेका छन् ।
धुलिखेल अस्पतालमा आठ, बनेपास्थित शिर मेमोरियल अस्पतालमा पाँच र बनेपास्थित नेपाल रेडक्रस सोसाइटीमा पाँच श्ययाको आइसोलेसन वार्ड छन् । पोष्टका सदस्य एवं स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले पाँचखाल नगरस्थित क्वारेन्टिनमा दुई, बनेपास्थित शिर मेमोरियल अस्पतालमा एक, चौँरीदेउराली गाउँपालिकामा सात र नमोबुद्ध नगरस्थित क्वारेन्टिनमा दुईको उपचार भइरहेको जानकारी दिए । अन्य केही क्वारेन्टिनमा बसेकाहरुको दोस्रो परीक्षण तथा क्वारेन्टिन बसाइको समयावधि सकिएपछि घर फर्किएका हुन् ।
झाका अनुसार प्रारम्भिक परीक्षण आरडिटीमा पोजेटिभ देखिएकालाई क्वारेन्टिनमा राखेर उपचार गरी पिसिआर परीक्षण गर्ने गरिएको छ । हालसम्म आरडिटी गरी पोजेटिभ देखिएकामा पिसीआर गर्दा सबैको नेगेटिभ रिपोर्ट आएको पोष्टले जनाएको छ । पोष्टका अनुसार हालसम्म विदेशबाट काभ्रेपलाञ्चोक घर फर्किएकासमेत गरी एक हजार ३३५ जनाको आरडिटी भइसकेको छ भने १७२ को पिसिआर प्रविधिबाट कोरोना भाइरस परीक्षण भएको छ । “कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका सबैको परीक्षणका लागि अझै यसको दायरा बढाउँदैछौँ”, झाले भने । उनका अनुसार खानीखोला गाउँपालिकाबाहेक अन्य १२ स्थानीय तहमा कोरोना भाइरसको प्रारम्भिक परीक्षण भइरहेको छ ।
जिल्लाका नागरिकमा सङ्क्रमण तथा प्रारम्भिक परीक्षणमा कोरोना सङ्क्रमण देखिए पनि दोस्रो परीक्षणमा नदेखिँदै क्वारेन्टिनबाट घर फर्कनु राम्रो अवस्था रहेको जिल्ला सङ्कट व्यवस्थापन केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनले भने “क्वारेन्टिन रित्तिएकै राम्रो तर जोखिम बढ्ने सम्भावना देखिए क्वारेन्टिन व्यवस्थित गर्न पनि निकै चुनौतीपूर्ण हुनेछ ।”
उनका अनुसार गत हप्ता कोरोना भाइरसका कारण धुलिखेल अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि काभ्रेपलाञ्चोकमा परीक्षणको दायरा फराकिलो बनाइएको तथा जिल्लामा स्वास्थ्य सुरक्षामा उच्च सतर्कता अपनाइएको छ । रासस
News Desk 0 response शुक्रबार, जेष्ठ ९, २०७७

सम्बन्धित शीर्षकहरु
-
अमेरिकासँग तत्काल सम्झौता हुँदैन : इरान
सोमवार, जेष्ठ ११, २०८३ -
सगरमाथा शिखरमा पुग्ने आरोहीको सङ्ख्या ९०० नाघ्यो
सोमवार, जेष्ठ ११, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
पूर्व-पश्चिम विद्युतीय रेलमार्गः साढे ९ खर्ब लागत,..
सोमवार, जेष्ठ ११, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३
-
सगरमाथा शिखरमा पुग्ने आरोहीको सङ्ख्या ९०० नाघ्यो
सोमवार, जेष्ठ ११, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
पूर्व-पश्चिम विद्युतीय रेलमार्गः साढे ९ खर्ब लागत,..
सोमवार, जेष्ठ ११, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
आइतवार, जेष्ठ १०, २०८३
-
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
सोमवार, जेष्ठ ४, २०८३



