

-
खलङ्गा । रुपैडिया नाकाबाट आएका जुम्लाका २८ जनालाई कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा राखिने भएको छ । जिल्लाको नाग्म सिमानामा आउनेबित्तिकै नेपाली सेना र जिल्ला प्रहरीद्वारा स्कर्टिङ गरेर कडा सुरक्षाका साथ सिधै क्वारेन्टाइनमा राखिने जनस्वास्थ्य कार्यालय प्रमुख कृृष्ण सापकोटाले बताए ।
प्रदेश राजधानीबाट मुगु र डोल्लाका नागरिक पनि जिल्ला प्रवेश गर्ने प्रमुख नाका जुम्लाको नाग्म भएर जिल्लामा प्रवेश गर्ने भएकाले चुनौती थपिएको छ । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले लकडाउन र नाका प्रवेशमा कडाइ गरिएका कारण जोखिम रोकथाममा सफलता मिले पनि भारतबाट आउने क्रम शुरु भएपछि चुनौती थपिएको बताए । “उताबाट आएका मान्छेको परीक्षण चुस्त बनाउनुका साथै लकडाउनलाई कडा पार्नुपर्छ, कर्णालीको केन्द्र सुर्खेत भएकाले प्रदेश सरकारले पनि यहाँका लागि विशेष योजना बनाउनुपर्छ”, प्रमुख जिल्ला अधिकारी बञ्जाडेले भने ।
भारतबाट आएका कर्णालीका नागरिकलाई प्रदेश नं ५ सरकारले र्यापिड परीक्षणपछि जिल्ला प्रशासन कार्यालयको निगरानीमा जिल्ला जिल्ला पठाउन शुरु गरिएको छ । बाँके प्रशासनले उनीहरूलाई सम्बन्धित प्रमुख जिल्ला अधिकरीसँग समन्वय गरेर फर्काउन शुरु गरिएको जानकारी गराएको छ । यता कर्णाली प्रदेश सरकारले भारत उत्तरप्रदेशको बाबागञ्ज क्वारेन्टाइनमा १४ दिन बसेर फर्केकासहित विभिन्न ठाउँबाट २०० बढी नागरिकलाई स्वास्थ्य जाँचसहित सुर्खेतको क्वारेन्टाइन र क्वारेन्टाइन नपुगेकाका लागि उचित व्यवस्थापनसहित जिल्लामा पठाउने तयारी गरेको छ ।
२७६३ को पिसीआर परीक्षण
कर्णाली सरकारले वैशाख २२ देखि एक सातासम्म प्रदेशका सबै नाका सिल गरी विभिन्न २७ स्थानमा चिकित्सकसहित मेडिकल टोली खटाएको थियो । ग्रामीण क्षेत्रमा स्वाब सङ्कलन कार्य पनि तीव्र पारिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार शनिबारसम्म दुई हजार ७६३ को पिसीआर परीक्षण गरिएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सङ्कलन गरेका एक हजार २८९ र सुर्खेतस्थित प्रदेश प्रयोगशालाले सङ्कलन गरेका एक हजार ४७४ स्वाबको परीक्षण गरिएको हो । प्रदेशभर करिब आठ हजार जनाको आरडिटी गरिएको छ ।प्रदेश स्वास्थ्य सेवा निर्देशक रीता भण्डारीले भारतबाट मान्छे आउने क्रम शुरु भएपछि कर्णालीमा चुनौती थपिएको बताए । “पहिलो चरणमा हामीले भारतलगायत विदेशबाट आएका व्यक्तिको परीक्षण गरेका थियौँ, यसले केही हदसम्म कोरोनाबाट सुरक्षित बनाएको थियो । फेरि भारतबाट आउने क्रम शुरु भएपछि जोखिमको बढेको छ”, निर्देशक भण्डारीले बताए ।
News Desk 0 response आइतवार, जेष्ठ ४, २०७७

सम्बन्धित शीर्षकहरु
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने
शुक्रबार, साउन २९, २०८३-
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३
-
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३



