

-
काठमाडौँ । आज थप एक जनामा पुनः कोरोनाको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भेरी अञ्चल अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणमा नेपालगञ्जका १६ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको बताए ।
योसँगै सङ्क्रमितको सङ्ख्या १०२ पुगेको छ । सङ्क्रमितमध्ये ७४ पुरुष र २८ महिला रहेका छन् । नेपालगञ्जमा सङ्क्रमितको सङ्ख्या २४ पुगेको छ । प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म प्रदेश नं १ मा ३१, प्रदेश नं २ मा ३०, वाग्मती प्रदेशमा सात, गण्डकी प्रदेशमा दुई, प्रदेश नं ५ मा २७ र सुदूरपश्चिम प्रदेशमा पाँच सङ्क्रमित फेला परेका छन् । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस सङ्क्रमित फेला परेका छैनन् ।
यसैगरी मन्त्रालयका प्रवक्ता डा देवकोटा अनुसार आज कोशी अञ्चल अस्पतालमा उपचाररत आठ जना स्वस्थ्य भएर घर फर्किएका छन् । तिनीहरुमध्ये पाँच जना १७ औँ र तीन जना १६ औँ दिनमा डिस्चार्ज भएका हुन् । अहिलेसम्म ३० जना स्वस्थ्य भएर घर फर्किसकेका छन् ।
यस्तै हालसम्म पिसिआर प्रविधिबाट १५ हजार ४९२ तथा आरडिटी प्रविधिबाट ५४ हजार ५३१ को परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा एक हजार ८५९ वटा परीक्षण भएका छन् । प्रदेश नं १ मा छ हजार ८९९ प्रदेश नंं २ मा पाँच हजार ६५६, वाग्मती प्रदेशमा नौ हजार ६०, गण्डकी प्रदेशमा छ हजार ३७७, प्रदेश नं ५ मा छ हजार ९९, कर्णाली प्रदेशमा छ हजार १७४ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ६१४ को परीक्षण गारिएको छ ।
क्वारेन्टाइनमा १५ हजार ६२४ रहेका प्रवक्ता डा देवकोटाले जानकारी दिए । प्रदेश नं १ मा एक हजार ६४५, प्रदेश नंं २ मा एक हजार २९१, वाग्मती प्रदेशमा २७२, गण्डकी प्रदेशमा ५११, प्रदेश नं ५ मा पाँच हजार ८०७ कर्णाली प्रदेशमा दुई हजार ७०५ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ३९३ जना रहेका छन् ।
हालसम्म आइसोलेसनमा देशभरी १३५ जना रहेका छन् । काठमाडौँमा तीन जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर १३२ जना रहेका छन् । यसैगरी आज एक जना रेडजोनमा सहित अहिलेसम्म ३३६ जना रहेका छन् ।
News Desk 0 response शुक्रबार, बैशाख २६, २०७७

सम्बन्धित शीर्षकहरु
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३



