

-
विराटनगर । विराटनगरस्थित पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा कोरोना भाइरसका शङ्कास्पद बिरामीको स्वाब परीक्षण शुक्रबारदेखि शुरु भएको छ ।
प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रयोगशालाको निरीक्षण गर्दै प्रदेश सरकारले कोभिड–१९ परीक्षणका लागि थप ल्याब सञ्चालन गरेसँगै प्रतिदिन ३०० भन्दा बढी शङ्कास्पद बिरामीको थ्रोट स्वाब परीक्षण गर्न सकिने बताए । उनले कोभिड–१९ परीक्षणको मात्रा बढाउँदै लगेको बताए ।
मन्त्री घिमिरेले प्रयोगशालामा दैनिक २० जनासम्मको परीक्षण गर्न सकिने उल्लेख गर्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको क्षमता विस्तार गरी १०० बढी र कोशी अस्पतालमा २०० जनासम्मको परीक्षण गर्न सकिने जानकारी दिए ।
सो ल्याबको परीक्षणमा कोभिड–१९ को पोजेटिभ रिपोर्ट आएमा पुनः कोशी अस्पतालमा परीक्षण गरिने प्रदेश नं १ जनस्वास्थ्य प्रयोशालाका निर्देशक जयवेन्द्र यादवले बताए । उक्त ल्याबबाट यसअघि वर्डफ्लु, स्वाइनफ्लु, एन्थ्रेक्सको परीक्षण हुँदै आएको उनले बताएका छन् । प्रदेश सरकारले पिसीआर मेसिन र किट उपलब्ध गराएपछि प्रयोगशालाबाट स्वाब परीक्षण शुरु गरिएको हो ।
News Desk 0 response शनिबार, बैशाख २०, २०७७

सम्बन्धित शीर्षकहरु
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३



