

-
सङ्खुवासभा । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. १ सरकारले जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभालाई पाँच लाख मूल्यभन्दा बढीको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
प्रदान गर्ने स्वास्थ्य सामग्रीमा ३६० किट, इन्फ्रारेड थर्मलगन तीन, पिपिइ सेट ५० र एन–९५ मास्क ५० थानका साथै क्लोरिन, पञ्जालगायतका छन् । सो किट पाँच लाख मूल्य बराबरको रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिए । उनले यसअघि पनि प्रदेश सरकारले आरडिटी टेष्ट गर्न २१० थान किट उपलब्ध गराएको बताए ।
त्यस्तै हेल्पिङ हेण्डस् सामुदायिक अस्पताल काठमाडौँका सञ्चालक डा गुप्तबहादुर श्रेष्ठले विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । डा श्रेष्ठले जिल्ला समन्वय समितिमार्फत अत्यावश्यक अक्सिजन कन्र्सन्टेटरसहितका सामग्री उपलब्ध गराएका हुन् ।
स्वास्थ्य सामग्री शुक्रबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिले सम्बन्धित स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरेको हो । डा श्रेष्ठले ताम्कु प्राथमिक स्वास्थ्य केन्द्र, नुम प्राथमिक स्वास्थ्य केन्द्र, वाना प्राथमिक स्वास्थ्य केन्द्र र चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई अत्यावश्यक अक्सिजन कन्र्सन्टेटर, निबुलाइजर, पल्स ओक्सीमिटर, आस्थालिन सोलुसन, पिपिइ सेट, एन–९५ मास्कलगायत नौ प्रकारका सामग्री सहयोग गरेका छन् । उनले एक प्राथमिक स्वास्थ्य केन्द्रलाई करिब डेढ लाख बराबरको सामग्री सहयोग गरेका छन् ।
त्यस्तै डा श्रेष्ठले जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल खाँदबारी र तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई पनि स्वास्थ्य सामग्री सहयोग गरेका छन् । उनले अस्पताल र स्वास्थ्य कार्यालयलाई पिपिइ सेट, स्यानिटाइजर, मास्कलगायतका सामग्री सहयोग गरेका छन् भने तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई मेडिकल मास्क र स्यानिटाइजर उपलब्ध गराएका छन् ।
News Desk 0 response शनिबार, बैशाख २०, २०७७

सम्बन्धित शीर्षकहरु
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३



