

-
कोरोना भाइरस रोकथाम अभियानअन्तर्गत प्रदेश नं २ मा हालसम्म दुई हजार १२१ जनाको नमूना स्वाब पिसीआर परीक्षणका लागि सङ्कलन गरिएको छ । पछिल्ला तीन दिनभित्र थप ८३१ को स्वाब सङ्कलन गरिएपछि यो सङ्ख्या बढेको हो । शनिबारसम्म एक हजार २९० को स्वाब सङ्कलन गरिएको थियो ।
अहिले उदयपुरसँग सीमा जोडिएका प्रदेश–२ का सप्तरी र सिरहामा स्वाब सङ्कलन तीव्र बनाइएको छ । मङ्गलबार रौतहटको वृन्दावन नगरपालिकाका २४ वर्षीय र देवाहीगोनाही नगरपालिकाका ३५ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएपछि ती दुवै नगर क्षेत्रको बाह्य सम्पर्क पूर्णरूपमा रोकिएको प्रदेश नं २ कोस्वास्थ्य निर्देशनालयको कार्यालय, जनकपुरधामले जनाएको छ ।
प्रदेशमा स्वाब सङ्कलनका लागि स्वास्थ्य सेवा विभाग, नेपाली सेना, सशस्त्र प्रहरी र प्रदेश निर्देशनालयमातहतको जनशक्ति परिचालित छ । हालसम्म सङ्कलित स्वाबमध्ये ९७६ को परीक्षण नतिजा आएको छ, जसमा नौ जनामा सङ्क्रमण पुष्टि भएको र ९६७ को नतिजा नेगेटिभ आएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य अधिकृत बिजयकुमार झाले जानकारी दिएका छन् ।
प्रदेशमा सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ, यसमा पर्साका पाँच, रौतहटका तीन र सर्लाहीका एक रहेका छन् । प्रदेशमा सङ्क्रमितमध्ये पर्सामा भेटिएका तीन भारतीय र रौतहटका एक उपचारपछि निको भएर घर फर्किसकेका छन् । अब पर्साका दुई, रौतहटका दुई र सर्लाहीका एक उपचाररत रहेका वरिष्ठ स्वास्थ्य अधिकृत झाले बताए ।
News Desk 0 response बुधबार, बैशाख १७, २०७७

सम्बन्धित शीर्षकहरु
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३



