

-
काठमाडौँ । हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ५२ पुगेकोमा १६ जना उपचारपछि घर फर्केका छन् । केही दिन यता नयाँ सङ्क्रमित फेला परेका छैनन् । आज आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँकी ३६ जनाको उपचार भइरहेकोमा सबैको अवस्था सामान्य रहेको बताए ।
पिसिआर विधिबाट दश हजार ४७१ र र्यापिट डाइनोस्टिक टेस्ट (आरडीटी) बाट ४३ हजार ६३ गरी कूल ५३ हजार ५३४ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा देशभर दुई हजार १८४ जनाको परीक्षण गरिएको छ ।
प्रवक्ता देवकोटाले भने, “प्रदेश नं १ मा हालसम्म चार हजार ५४५, प्रदेश नं २ मा पाँच हजार २०८, वाग्मतीमा सात हजार ६२६, गण्डकीमा चार हजार ९२६, प्रदेश नं ५ मा तीन हजार ४७१, कर्णालीमा पाँच हजार २२८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ९६१ आरडीटीबाट परीक्षण भइसकेको छ ।” आरडीटीबाट परीक्षण गर्ने ४२ हजार ६३ पुगेको छ ।
क्वारेनटाइनमा बस्नेको सङ्ख्या २० हजार १९५ र आइसोलेशनका बिरामीे सङ्ख्या १०६ छन् । त्यसमा उपत्यकाभित्र आठ र उपत्यका बाहिर ९८ जना छन् । मन्त्रालयले सञ्चालन गरेको दुई वटा कल सेन्टर (१११५ र ११३३) मा गत २४ घण्टामा दुई हजार ११९ वटा कल प्राप्त भएका छन् । मन्त्रालयले सबै कलको सम्बोधन गरेको छ ।
मन्त्रालयले सञ्चालन गरेको मोबाइल एप्स हाम्रो स्वास्थ्य र वेभ पेजमा हालसम्म आफ्नो स्वमूल्याङ्कनको लागि इन्ट्री गर्नेको सङ्ख्या २७ हजार ५४२ पुगेको प्रवक्ता देवकोटाको भनाइ छ । गत २४ घण्टामा ७४१ जनाले आफ्नो स्वमूल्याङ्क फाराम भरेकोमा आठ जना रेडजोनमा पर्नुभएको छ । हालसम्म कूल रेडजोनमा हुनेको सङ्ख्या ३०४ पुगेको छ । रेडजोनमा पर्ने व्यक्तिको नमूना परीक्षण गर्ने र त्यसको अनुगमनको लागि सम्बन्धित स्थानीय तहमा खबर गर्ने काम भइरहेको छ । प्रवक्ता देवकोटाले सङ्क्रमणको प्रकृति हेरिकन लकडाउन खोलाउनेबारे के गर्ने भन्ने निर्णय हुने बताए । सङ्क्रमितको सङ्ख्या बढ्दै गएको कारण लकडाउनलाई निरन्तरता दिनुपर्ने देखिएको उनको भनाइ छ ।
News Desk 0 response सोमवार, बैशाख १५, २०७७

सम्बन्धित शीर्षकहरु
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३



