

-

काठमाडौँ । विश्व ट्रेड युनियन महासङ्घ समन्वय समिति नेपालले नेपाली आप्रवासी कामदारलाई सुरक्षित राख्न माग गरेको छ । समितिका नेपाल संयोजक प्रेमलकुमार खनालले अपिल जारी गर्दै कोरोना भाइरसका कारणले विश्वभरि रहेका नेपाली श्रमिकको अवस्था दयनीय बन्दै गएकाले तिनीहरुलाई सुरक्षित साथ बसोबास, स्वास्थ्य र खानपिनमा हेरविचार गर्न सरकार र सम्बन्धित देशमा रहेका कूटनीतिक नियोगसँग माग गरेका छन् ।
“अन्तर्राष्ट्रिय आप्रवासी कानूनले आप्रवासी श्रमिकलाई सम्बन्धित देशका नागरिक र श्रमिकसरह सुरक्षित हुन र बाँच्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ”, अपिलमा भनिएको छ, “यस्तो विपत्तिको घडीमा नेपाल सरकार र विदेशस्थित कूटनीतिक नियोगहरु अझ बढी जिम्मेवारी बोधका साथ नेपाली श्रमिकलाई ती देशमा सुरक्षित बसोबास गराउने, स्वास्थ्य र खानपिनमा हेरबिचार पुर्याइ समान व्यवहार गर्न÷गराउन युद्धस्तरमै पहलकदमी गरी सबैको स्थितिलाई सुरक्षित गराउन लाग्न आग्रह गर्दछौँ ।”
उनले सुरक्षित बसोबासका लागि अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) मार्फत पनि आप्रवासी श्रमिकलाई सुरक्षित गर्न र समान व्यवहार गर्न÷गराउन सहयोगका लागि सरकारको तर्फबाट अनुरोध गरी पहलकदमी लिन आग्रह गरेका छन् ।
अपिलमा हरेक गन्तव्य मुलुकमा कार्यरत श्रमिकको अवस्थाबारेमा कूटनीतिक नियोगबाट नियमितरूपमा जानकारी हुने गरी सूचना सम्प्रेषण गर्न प्रभावकारी संयन्त्र निर्माण गर्न सरकारलाई समेत आग्रह गरेका छन् ।
लकडाउन कारण ती मुलुकमा काम गरिरहेका उद्योगधन्दा, व्यापार–व्यवसायसमेत बन्द भएकाले नेपाली श्रमिकको जीवनरक्षाका साथै रोजगारीसमेत असुरक्षित बन्दै जाने, सङ्क्रमणका कारण कतिपय श्रमिकको मृत्युु हुनुका साथै गम्भीर बिरामीको अवस्थामा रहन बाध्य हुनुपर्ने स्थिति आउनसक्ने भन्दै त्यसप्रति सम्बद्ध निकाय बढी गम्भीर बन्नुपर्ने उनले अपिलमा भनेका छन् ।
News Desk 0 response शुक्रबार, बैशाख १२, २०७७

सम्बन्धित शीर्षकहरु
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३



