

-
विराटनगर । प्रदेश नं १ मा हालसम्म २८ जना कोरोना सङ्मित देखिएका छन् । सङ्क्रमितहरुमा २६ पुरुष र दुई महिला रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ । सङक्रमितमध्ये १६ नेपाली नागरिक र १२ भारतीय नागरिक रहेका छन् । नेपाली नागरिकमध्ये चार मोरङका, ११ उदयपुर त्रियुगाका, तीन भूल्केका र एक सप्तरीका छन् । सबैको प्रदेश सरकारले निर्माण गरेको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचार भइरहेको छ भने सङ्क्रमितको अवस्था सामान्य रहेको छ ।
प्रदेशमा चार हजार ८१३ को कोरोना परीक्षण भएको छ । पिसीआर विधिबाट ८८४ को र दू्रत परीक्षण विधि (आरडिटी) बाट बिहीबारसम्म जम्मा तीन हजार ९२९ को नमूना परीक्षण गरिएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनस्थलमा बस्नेको सङ्ख्या बिहीबारसम्म कूल एक हजार ९२ पुगेको छ । २४ पुरुष डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन् । आइसोलेनसबाट १० जना डिस्चार्ज भएका छन् ।
होम क्वारेन्टाइनमा जम्मा चार हजार ९१० जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । होम क्वारेन्टाइनमा बस्नेमा महिला ७९४ र पुरुष चार हजार ११६ छन् ।
News Desk 0 response शुक्रबार, बैशाख १२, २०७७

सम्बन्धित शीर्षकहरु
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३



