

-
काभ्रेपलाञ्चोक । विभिन्न मुलुकबाट गत फागुनयता घर फर्किएका सबैको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) बाट कोरोना परीक्षण गरिएको छ । स्थानीयस्तरमै गरिएको आरडिटीमा सबैको ‘रिपोर्ट नेगटिभ’ देखिएको छ ।
जिल्लास्थित स्थानीय तह स्वास्थ्य शाखाको समन्वयमा विदेशबाट आएका ४५८ कै कारोना भाइरस परीक्षण नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए । उनका अनुसार चैत महिनामा मात्रै घर फर्किएका २५१ जनाको पहिलो चरणमा आरडिटी गरिएको हो । “विदेशबाट जिल्लामा फर्किएकामध्ये पहिलो र दोस्रो चरणमा गरिएको आरडिटीमा सबैको रिपोर्ट नेगेटिभ आएको छ”, झाले भने । कार्यालयले विदेशबाट फर्कने सबैको आरडिटी सकिएको र कुनै व्यक्तिमा पनि कारोना भाइरस सङ्क्रमण नभएको पुष्टि गरेको छ ।
झाका अनुसार विदेशबाट घर फर्किएकामध्ये आरडिटीमा मण्डनदेउपुर नगरपालिका र बेथानचोक गाउँपालिकाको दुई जनामा सङ्क्रमण शङ्का लागेकामा दोस्रो परीक्षण पोलिमरेज चेञ्ज रियाक्सन (पिसीआर) मा नेगेटिभ देखिएको हो । स्वास्थ्य कार्यालयका अनुसार फागुन १५ गतेयता ४५८ जना विदेशबाट घर फर्किएको तथ्याङ्क प्राप्त भएको छ । आरडिटीका लागि काभ्रेपलाञ्चोकमा वाग्मती प्रदेशस्थित सामाजिक विकास मन्त्रालयद्वारा ५०० र सङ्घीय कार्यालयद्वारा प्राप्त ४०० किट उपलब्ध गराइएको थियो । विदेशबाट आएकाको चैत अन्तिम सातादेखि परीक्षण थालिएको हो ।
विदेशबाट फर्किएका आठलाई मण्डनदेउपुर नगरस्थित क्यारेन्टाइनमा राखिएकामा उनीहरुको क्वारेन्टाइन बसाइ अवधि सकिएपछि स्वास्थ्य परीक्षण गरी (होम क्वारेन्टाइन) पठाइएको थियो । अन्य स्थानीय तहमा विदेशबाट फर्किएकालाई स्थानीय तहका स्वास्थ्यकर्मीद्वारा प्रारम्भिक परीक्षण गरी होम क्वारेन्टाइनमै बसाइएको झाले जानकारी दिए । उनका अनुसार विदेशबाट फर्किएकाको परिवार तथा उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिको पहिचान भइरहेको छ । पहिलो चरणमा मण्डनदेउपुर नपा र बेथानचोक गाउँपालिकाबाट खोजीकार्य भइरहेको जनाइएको छ । “सम्पर्कमा आएका व्यक्तिको खोजी गर्दैछौँ, भाइरस सङ्क्रमण शङ्कास्पद देखिएमा परीक्षण गर्दै जानेछौँ”, झाले भने ।
जिल्लाका तेह्र स्थानीय तहले २८८ श्ययाको क्वारेन्टाइन व्यवस्थित गरेका छन, जसमध्ये धुलिखेल नपामा ६५, बनेपा नपामा ५०, पनौती नपामा १०, नमोबुद्ध नपामा १८, पाँचखाल नपामा ११ श्यया तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा चार र खानीखोला गाउँपालिकामा १५ श्ययाको क्वारेन्टाइन व्यवस्थित गरिएको हो । ती क्वारेन्टाइन भने हाल रित्तिएको अवस्थामा छन् ।
धुलिखेल अस्पतालमा आठ र बनेपास्थित शिर मेमोरियल अस्पतालमा पाँच श्ययाको आइसोलेसनकक्ष व्यवस्थित गरिएको छ । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् ।
News Desk 0 response बिहिबार, बैशाख ११, २०७७

सम्बन्धित शीर्षकहरु
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३



