

-
ललितपुर । महालक्ष्मी नगरपालिकाले दोस्रोपटक कोरोना भाइरस परीक्षण गर्ने भएको छ । विदेशबाट आई लुकेर बसेका नगरवासीको पहिलोपटकको कोरोना परीक्षणमा छुटेकोको दोस्रोपटक परीक्षण गर्न लागेको हो ।
परीक्षणका लागि बुधबारसम्म नाम टिपाउने नगरवासीको सङ्ख्या ८२ पुगिसकेका नगरपालिका प्रमुख रामेश्वर क्षेष्ठले जानकारी दिए । उनले भने, “एक सय बढी नगरवासीले दोस्रोपटक कोरोना परीक्षण गर्ने स्थिति देखिएको छ ।” यसपटक जनप्रतिनिधि, स्वयंसेवक र स्वास्थ्यकर्मीले विदेशबाट आई घरमा बसेका सबैलाई खोजी–खोजी कोरोना परीक्षण गर्न बोलाएको श्रेष्ठले बताए ।
नगरपालिकामा जनघनत्व ठूलो भएकाले यी व्यक्ति पहिलो चरणमा छुटेका नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्दप्रसाद श्रेष्ठले बताए ।
गोदावरी नगरपालिकाले पनि दोस्रोपटक र्यापिड परीक्षण गर्ने भएको छ । पहिलोपटक परीक्षणमा उपस्थित नभएका नगरवासीलाई ध्यानमा राखी दोस्रोपटक परीक्षण गर्न लागिएको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए ।
यता ललितपुर महानगरपालिकाले यही वैशाख २ र ३ गते पहिलो चरणमा २५६ र वैशाख ९ गते दोस्रो चरणमा ८३ जनाको र्यापिड परीक्षण गरिसकेको छ । छिमेकी देशबाट कोही लुकेर महानगरपालिका प्रवेश गरेका छन् भने आवश्यकताअनुसार तेस्रोपटक पनि कोरोना परीक्षणका लागि कदम अघि बढाउन सकिने महानगरपालिका जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले बताए । दक्षिण ललितपुरका तीनवटै गाउँपालिकामा कोरोना परीक्षण सम्पन्न भइसकेको छ । वाग्मतीका २१ गाउँवासीले वैशाख ८ गते ¥यापिड डायग्नोष्टिक परीक्षण गराइसकेका गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चले बताए ।
कोञ्ज्योसोमले वैशाख ४ गते १२ जना विदेशबाट फर्किएका नागरिकको र्यापिड परीक्षण गरिसकेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नवलकिशोर महतोले बताए । महाँकालले वैशाख ४ गते १० जना विदेशबाट फर्किएका गाउँवासीको र्यापिड परीक्षण गरिसकेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक ज्ञानेन्द्र चन्दले बताए ।
News Desk 0 response बिहिबार, बैशाख ११, २०७७

सम्बन्धित शीर्षकहरु
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३



