

-
काठमाडौँ । नेपालमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ४५ पुगेको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमुना परिक्षणमा आज थप तीनजनामा कोरोना सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयको नियमति पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
ती तीनजना सुरुमा उदयपुरमा सङ्क्रमित भेटिएका १२ जनाको टोलीसँगै रहेकाहरू भएको अनुमान गरिएको छ । आज पत्ता लागेका सङ्क्रमितहरू २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरुष रहेको बताइएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित सबैको अवस्था सामान्य रहेको र अहिलेसम्म ७ जना उपचारपछि घर फर्किएका छन् भने ३५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रवक्ता देवकोटाले मन्त्रालयमा आज आयोजित नियमित पत्रकार भेटघाटमा पछिल्लो २४ घण्टामा तीन हजार ७३६ नयाँ प्रयोगशाला परीक्षण भएको जानकारी दिएका हुन् । क्वारेन्टाइनमा रहने व्यक्तिको सङ्ख्या हालसम्म आठ हजार ५९५ रहेको छ भने आइसोलेसनमा रहने सम्भावित सङ्क्रमितको सङ्ख्या ९५ जना रहेको छ । हाल कोभिड १९ को रेड जोनमा पर्नेको सङ्ख्या २६९ पुगेको पनि बताएका छन् ।
News Desk 0 response बुधबार, बैशाख १०, २०७७

सम्बन्धित शीर्षकहरु
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३



