

-
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखालाई विभिन्न संस्थाबाट व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) सहयोग प्राप्त भएको छ । रेमण्ड सप र प्रभु बैँकले सोमबार १०० थान पिपिइ महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाललाई हस्तान्तरण गरेका थिए ।
कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमबाट बच्न नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा अग्रपङ्तिमा रही सेवा र सुरक्षामा ट्राफिक प्रहरी सक्रिय रहेका बेला पिपिइ उपलब्ध गराएकामा ढकालले धन्यवाद दिएका थिए । उनले उक्त पिपिइ लगाई ड्युटी गर्दा ट्राफिक प्रहरी सङ्क्रमण हुनबाट सुरक्षित हुने विश्वास व्यक्त गरेका छन् ।
सपका अध्यक्ष सञ्जय अधिकारीले विपद्को समयमा आम नागरिकको सहयोगका लागि सदैव क्रियाशील रहेको जनाउँदै आगामी दिनमा पनि ट्राफिक प्रहरीसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार दैनिक सडकमा खटिनुपर्ने ट्राफिक प्रहरीलाई कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै महाशाखाले आवश्यक सजगताका उपायहरू अपनाएको जानकारी दिएका छन् । उनले स्वास्थ्यकर्मीसहित प्रनाउको कमाण्डमा समन्वय डेस्क, २५ जनाको लागि क्वारेन्टाइन वार्ड, ड्युटीमा कम्तीमा दुई मिटर दूरीमा नागरिकसँग दूरी कायम गर्ने व्यवस्था मिलाएको समेत जानकारी दिएका थिए ।
News Desk 0 response मङ्लबार, बैशाख ९, २०७७

सम्बन्धित शीर्षकहरु
-
प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार : के–के गर्न..
मङ्लबार, बैशाख ८, २०८३ -
झन्डै २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ र..
मङ्लबार, बैशाख ८, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी
सोमवार, बैशाख ७, २०८३ -
आज अक्षय तृतीया : सातु र सर्वत..
सोमवार, बैशाख ७, २०८३
-
प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार : के–के गर्न..
मङ्लबार, बैशाख ८, २०८३ -
झन्डै २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ र..
मङ्लबार, बैशाख ८, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी
सोमवार, बैशाख ७, २०८३ -
आज अक्षय तृतीया : सातु र सर्वत..
सोमवार, बैशाख ७, २०८३
-
सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको..
सोमवार, चैत्र ३०, २०८२ -
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले पनि मागे हप्तामा दुई..
आइतवार, चैत्र २९, २०८२ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
नयाबर्षदेखि काठमाडौंमा राती पनि सार्वजनिक बस चल्ने
सोमवार, चैत्र ३०, २०८२ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३



