

-
भक्तपुर । कोरोना भाइरस सङ्क्रमण परीक्षण गरेका भक्तपुरका ३४१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना सङ्क्रमण फैलिएका देशबाट स्वदेश फर्केकासहित भक्तपुरका ४५७ जनाको कोरोना परीक्षणमा १६ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिइन् ।
भक्तपुर अस्पतालले शुक्रबार एकै दिन विदेशबाट फर्किएका ४९ जनाको कोभिड–१९ परीक्षण गरेकामा सबैको र्यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) परीक्षण गरेकोमा सबैको नतिजा नेगेटिभ आएको छ । आठ जनाको स्वाब नमूना सङ्कलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको उनले जानकारी दिइन् । उनका अनुसार जनाको आइसोलेसन वार्डमा उपचार भइरहेको छ । अस्पतालले आइसोलेसन वार्डलाई बढाएर २१ श्ययाको व्यवस्था गरेको उनले जानकारी दिइन् ।
त्यस्तै भक्तपुर नगरपालिकाले नगरभित्र लकडाउनको समयमा पनि भीडभाड हुन थालेपछि प्रहरीसँगै स्वयंसेवक परिचालन गरेको छ । नगरभित्र अत्यावश्यक किनमेलको समयमा पनि पासबाहेकमा मानिस घरबाहिर निस्किएपछि स्वयंसेवक परिचालन गरी टोलटोलमा खटाएको हो । एउटा वडामा ५० जना खटाएको छ भने आवश्यतानुसार परिचानका लागि ज्याकेटसहितका ५०० भन्दा बढी स्वयंसेवक तयारी अवस्थामा रहेको छ ।
स्वयंसेवकले स्थानीय भाषामा नै सम्झाइबुझाइ गरी अत्यावश्यक सामान किनमेलको लागि स्थानीयलाई नगरपालिकाले दिएको पासका आधारमा मात्र पठाउने र तरकारी बजार व्यस्थापन गराउने गरेको नगरप्रमुख प्रजापतिले जानकारी दिए । यसबाहेक नगरपालिकाले स्थानीय भाषामा प्रत्येक दिन माइकिङ गरी कोरोनासम्बन्धी जनचेतना जगाउँदै घर बाहिर ननिस्कनसमेत आग्रह गरिएको छ ।
News Desk 0 response शनिबार, बैशाख ६, २०७७

सम्बन्धित शीर्षकहरु
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३



